बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ओपोले क्वालकमद्वारा सञ्चारित डुअल मोड ५जी स्मार्टफोन सार्वजनिक गर्ने

आइतबार, २४ कात्तिक २०७६, १६ : ४५
आइतबार, २४ कात्तिक २०७६

काठमाडौं– ओपोले डुअल मोड फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने योजनाको घोषणा गरेको छ । 

ओपोका चिफ ५जी साइन्टिस्ट, हेनरी ट्याङले बार्सिलोनामा आयोजित क्वालकम ५जी समित २०१९मा गरेको घोषणा अनुसार नयाँ उपकरण, क्वालकमको डुअल मोड फाइभजीबाट सञ्चारित हुनुका साथै यसले स्ट्यान्डअलोन (एसए) र नन्(स्ट्यान्डअलोन (एनएसए) नेटवर्क दुबै सपोर्ट गर्नेछ ।

५जी समिटमा ओपोको प्रतिनिधित्व गर्दै विश्वकै अग्रणी प्राविधिक कम्पनीहरुका एक्जेक्यूटिभ्स र आरएण्डडी प्रिन्सिपल्सका सामु ट्याङले ५जीको हालको अवस्था र भविस्यका उत्पादन, उपयोगिता र अर्को पुस्ताको कनेक्टिभिटीद्वारा भविस्यमा प्राप्त हुने अदृतिय अनुभव र सम्भावनाका बारेमा आफ्नो धारणा प्रस्तुत गरेका थिए । 

निकट भविस्यमा नै फाइभजी स्मार्टफोनको ब्यापक प्रयोगहुने आफ्नो विश्वास ब्यक्तगर्दै ट्याङले वैश्विकरुपमा आफ्ना उत्पादनको उपस्थिती र प्रतिस्पर्धात्मक फाइदाप्रति संकेट गरे । 

“ओपो लगायत अन्य औद्योगिक सहपाथीका अथक प्रयासले फाइभजी अपनत्वमा तिब्रता ल्याउन सघाएको छ । केही छानिएका देश तथा क्षेत्र अहिले नै ओपोका फाइभजी स्मार्टफोन्सका प्रारम्भिक गहनकर्ता समेत बनिसकेका छन् ।”, ट्याङले भने,“हाम्रो नेक्स्ट जेनरेसन डुअल(मोड फाइभजी अफरिङले, विश्वभरका उपभोक्तालाई फाइभजीको सहज उपलब्धता प्रदान गर्दै अझ बढी बजारका अझ बढी उपभोक्तालाई अदृतिय अनुभव प्रदान गर्ने हामीले आशा लिएका छौँ ।”

मे२०१९मा ओपोले स्विट्जरल्याण्डको अग्रणी टेलिकम कम्पनी, स्विसकमसँग सहकार्य गर्दै स्विस बजारमा ओपो रेनो फाइभजी आधिकारिकरुपमा सार्वजनिक गर्यो । यस संगै यो ह्यान्डसेट ब्यापारिक परियोजनका साथमा यूरोपमा उपलब्ध भएको पहिलो फाइभजी ह्यान्डसेट बन्यो । 

विश्वभर फाइभजीको कमर्सियलाइजेसनमा तिब्रता ल्याउनका लागि ओपो अहिले एक डर्जन भन्दाबढी अपरेटर्ससँग सक्रियरुपमा सहकार्य गरिरहेको छ । आउने दिनमा ओपोले थप फाइभजी उत्पादनहरु वैश्विक बजारमा पस्कँदै जाने योजना बनाएको छ ।

५जी उपकरण विकासका लागि अग्रणी तथा संवाहकका रुपमा ओपोले मानक स्थापना, सफ्टवेयर लगायत फाइभजी प्रविधि सम्बन्धित विभिन्न प्राविधिक क्षेत्रमा विशेषज्ञता हातपारी सकेको छ । 

सन् २०१५मा स्थापित ओपोको ५जी आरएण्डडी समूहले सक्रियरुपमा नेक्स्ट जेनरेसन मोबाइल प्रविधिका लागि मानक स्थापनाका लागि उल्लेख्य योगदान दिँदै आइरहेको छ । सन् २०१९को सेप्टेम्बर सम्म आइपुग्दा ओपोले २ हजार ५०० भन्दा बढी वैश्विक प्याटेन्ट फेमिलिज्का लागि निवेदन दर्ता गराइसकेको छ । 

त्यसैगरी, यूरोपियन टेलिकम्यूनिकेसन्स स्ट्यान्डर्ड ईन्ष्टिच्यूट (ईटीएसआई)मा १ हजार भन्दा बढी फाइभजीका लागि आवश्यक प्याटेन्ट फेमिलिज्को घोषणा गरिसकेको छ । साथै, ओपोले ३ हजार भन्दा बढी फाइभजी स्ट्याण्डर्ड सम्बन्धि कागजात थ्रीजीपीपीलाई हस्तान्तरण (सबमिट) गरिसकेको छ । यसले ईन्टरनेशनल स्ट्यान्डर्ड्स अर्गनाजेसनमा ओपोलाई टप कन्ट्रिब्यूटर्सको सूचिमा अग्रणी स्थान प्राप्त छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप