शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

राम मन्दिर आन्दोलन उचालेको भाजपाले हालसम्म आउँदा के हासिल ग-यो ?

आइतबार, २४ कात्तिक २०७६, १६ : ३३
आइतबार, २४ कात्तिक २०७६

बीबीसी/जुबैर अहमद

भारतको सर्वोच्च अदालतले नोभेम्बर ९ मा एक ऐतिहासिक फैसला गर्दै अयोध्याको विवादित जमिनमा राम मन्दिर निर्माणको अनुमती दिएको छ । यो फैसलालाई धेरै हदसम्म भाजपाको सफलताका रूपमा हेरिएको छ । 

भाजपाको स्थापना सन् १९८० मा भयो । भाजपाका धेरै नेता विगतको जनसङ्घबाट आएका थिए । सन् १९८४ को आम चुनावमा भाजपाले मात्र दुई सिट प्राप्त गर्न सफल भयो ।

चुनाव हुनुभन्दा केही महिनाअघि ‘विश्व हिन्दु परिषद् (बीएचपी)’ र राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस)ले अयोध्यामा राम मन्दिरको निर्माणका लागि एक अभियान सुरु गरेको थियो तर त्यसले चुनावमा यसको खास असर भने परेन ।

यसको कारण थियो, यो चुनावमा इन्दिरा गान्धीको हत्याबाट राजिव गान्धी र कङ्ग्रेसले पाएको सहानुभूतिको मत । त्यसबाट भाजपाले भने धक्का बेहोर्नुपर्यो । 

दुई पटक भाजपाका सांसद भएका आयोध्या निवासी रामविलास वेदान्तीले उक्त आन्दोलन यसै खेर नगएको मान्छन् ।

उनले भने, ‘त्यस आन्दोलनबाट भारतीय जनताले राम मन्दिर नबन्नुको कारण कङ्ग्रेस पार्टी हो भन्ने थाहा पाए ।’ चुनावमा ४०० भन्दा बढी संसदीय सिट जित्ने राजिव गान्धी सरकार केही महिनामै अफ्ठ्यारोमा पर्यो ।

सम्बन्धविच्छेद गरेकी एक मुस्लिम महिला शाह बानोलाई भारतीय अदालतले गुजारा भत्ता दिने आदेश दिएको थियो । यसलाई कार्यान्वयन हुनबाट रोक्न राजीव गान्धी सरकारले नयाँ कानुन बनाएका थिए ।

कानुनलाई राजीव गान्धीले मुसलमान पुरुषहरुलाई खुसी पार्न ल्याएको भन्ने हिन्दु पक्षधरले विरोध गरे भने महिलावादी सङ्गठनहरुले पनि यस कानुनको विरोध गर्यो । प्रेसले यो घटनालाई जोड दिएका कारण यो देशव्यापी मुद्दा बन्यो र सरकारमै दबाब महसुस गरियो ।

कङ्ग्रेसले मुसलमानलाई रिझाएको भन्ने हिन्दुलाई खुसी पार्ने मार्ग खोजिरहेको थियो । त्यही क्रममा सन् १९८६ फेब्रुअरी १ मा फौजावादका न्यायाधीश केएम पाण्डेले हिन्दुलाई पूजा गर्न बाबरी मस्जिदको ताला खोल्ने आदेश दिएका थिए ।

त्यहाँ सन् १९४९ देखि रामको मूर्ति राखिएको थियो तर त्यसअघि मस्जिदभित्र गएर पूजा गर्न प्रतिबन्ध थियो ।

कङ्ग्रेस सरकार प्रतिबन्ध खोल्नमा हतारियो । त्यो समय मानिसहरुले सरकारको हतारोलाई शाह बानो मुद्दामा गरेको राजनीतिक नोक्सानीलाई भुक्तान गर्न खोजेको रूपमा बुझे ।

यही भएर हिन्दु समुदायले कङ्ग्रेसप्रति गुमाएको विश्वास फर्ता आएन बरु भाजपाले कङ्ग्रेस मुसलमान पक्षधर पार्टी हो भन्ने पार्न लागि परिरह्यो ।

बीबीसी उर्दूका वरिष्ठ पत्रकार सकिल अख्तर भन्छन्, ‘शाह बानो मुद्दामा सरकारको हर्कत र सलमान रुस्दीको किताबमाथि प्रतिबन्ध लगाउने राजीव गान्धी सरकारको निर्णले त्यो समय उदार हिन्दु र नयाँ पिडीलाई कङ्ग्रेसप्रति धेरै आक्रोशित बनाएको थियो ।’

‘यी फैसलाहरुले गर्दा हिन्दुहरुमा सरकारभन्दा पनि बढी मुसलमानप्रति घृणाको भावना पैदा भएको थियो । मुसलमानको पक्षपोषण र भोट बैङ्कको राजनीतिबारेमा हिन्दुमा एक प्रकारको कङ्ग्रेसप्रति नकारात्मक छवि बन्यो । धेरै हिन्दुले पहिलो पटक नागरिक भएर भन्दा पनि हिन्दुको रूपमा सोच्न सुरु गरे ।’  

त्यसपछि सन् १९८९ को आम चुनाव आयो । कङ्ग्रेसले यो चुनावमा पनि हिन्दुलाई मनाउन सुरु गरेका थिए ।

राम मन्दिर बनाउन आरएसएस–बीएचपीले गरेको आन्दोलनको जवाफमा कङ्ग्रेसले राम–राज्यको सपना देखाए । राजीव गान्धी आफै नै फैजावाद गए ।

चुनावी नाराहश्रमा राम–राज्यको कुरा उठाइयो । त्यति मात्रै होइन, त्यसपश्चात् राम मन्दिरको शिलान्यास पनि गरियो ।

तर कङ्ग्रेस पार्टीको हिन्दुत्वप्रतिको झुकाव अस्थायी प्रमाणित भयो । अयोध्यामा सन् १९८० को दशकबाट रिपोर्टिङ गरिरहेका वरिष्ठ पत्रकार बीएन दासले भने, ‘कङ्ग्रेसले दुईमध्ये कुन चाहिँ लाइन लिने तय गर्न सकेन । राजीव गान्धीले हिन्दुत्वको मुद्दा त उठाए तर पछि गएर बिनाकारण छाडिदिए । यसको प्रत्यक्ष फाइदा बिजेपीले उठाएको थियो ।’

लखनउमा बस्ने वरिष्ठ पत्रकार वीरेन्द्रनाथ भट्ट कङ्ग्रेसले आधा मनले गरेको कोसिसबारे भन्छन्, ‘भारतमा एक परम्परा छ । शरद पूर्णिमाको रातमा मानिसहरु खिर बनाएर कौसीमा राख्छन् । उक्त खिर बिहान खाइन्छ । कङ्ग्रेसले शरद पूर्णिमामा खिर बनाएको थियो तर दुर्भाग्यवस त्यो उसको भागमा आएन । यसको फाइदा भाजपालाई भयो ।’

जुन काम कङ्ग्रेसले सुरु गर्न चाहेको थियो त्यसलाई भाजपाले स्वामित्वमा लियो । त्यसैले वरिष्ठ पत्रकार भट्ट भाजपाको उदयको श्रेय कङ्ग्रेसलाई दिन्छन् ।

यस प्रकारले सन् १९८९ मा भाजपाको आफ्नो पालमपुर (हिमाञ्चल प्रदेश)मा भएको वैठकले अयोध्यामा राम मन्दिर निर्माण गर्ने वाचा उल्लेख गर्यो ।

त्यो वर्ष डिसेम्बरमा भएको आम–चुनावमा भाजपाले राम मन्दिर निर्माणको नारा आफ्नो चुनावी घोषणापत्रमा पहिलो पटक उल्लेख ग¥यो । सन् १९८४ मा दुई सिट आएको भाजपाले सन् १९८९ को चुनावमा ८५ सिट जित्यो ।

सकिल अख्तरका अनुसार यो बढ्दो हिन्दु राष्ट्रवादको सुरुवाती चरण थियो । उनी भन्छन्, ‘लाल कृष्ण आडवाणीले देशको बदलिँदो मुडलाई अनमान गरेका थिए । राम जन्मभूमिको आन्दोलनले विभाजित राष्ट्रवादलाई धर्मसँग जोडेर एक हिन्दु राष्ट्रवादको राजनीतिक आन्दोलनका बदलिदियो । राम जन्मभूमि आन्दोलनले भारतमा पहिलो पटक हिन्दु राष्ट्रवादलाई एक सामूहिक मुद्दा बनाइदियो ।’

मन्दिर मुद्दाका कारण भाजपाको बढ्दो लोकप्रियता र त्यसका अध्यक्ष आडवाणीको चुलिँदो उचाइका कारण जनता दलको सरकार हडबडायो ।

तत्कालीन प्रधानमन्त्री विश्वनाथ प्रताप सिंहले भाजपाको बढ्दो असरलाई कम गर्नका लागि सन् १९९० मा मण्डल कमिसनलाई आरक्षण लागू गर्ने घोषणासमेत गरेका थिए ।

मन्दिर भर्सेस मण्डलको सङ्घर्षमा जित भाजपाको भयो । आडवाणीले सेप्टेम्बर १९९० मा रथयात्रा निकाले । कारसेवकले पनि अक्टोबर २० मा राम मन्दिरको निर्माणमा हिस्सा लिन सकून् भन्ने उद्देश्यले त्यो समय छानिएको थियो ।

रथयात्राका क्रममा मुम्बईमा आडवाणीले भनेका थिए, ‘मान्छेहरु म राम मन्दिर–बाबरी मस्जिदको विषयमा अदालतको फैसलालाई मान्दिनँ भनेर भन्छन् । तर के रामको जन्म कहाँ भएको थियो भनेर अदालत तय गर्न सक्छ ?’

पत्रकार वीरेन्द्रनाथ भट्टका अनुसार आडवाणीको रथयात्राका क्रममा भारतीय मतदाताले त्यो सबै पाए जुन पहिले तिनले पाएको लाग्दैनथे । रथयात्राले भाजपालाई समग्र भारतको पार्टीको प्लेटफर्म बनाउने बाटो खुलाएको थियो ।

सन् १९९१ मा संसदका लागि मध्यावधि चुनाव हुँदा भाजपाले १२० सिट प्राप्त गरेको थियो जुन अघिल्लो चुनावको भन्दा ३५ प्रतिशत बढी थियो । त्यही वर्ष भाजपा उत्तर प्रदेशमा सरकार बनाउने स्थितिमा पुग्यो । त्यो समय कल्याण सिंह पार्टीका तर्फबाट प्रदेशको पहिलो मुख्यमन्त्री बने ।

तर सन् १९९२ डिसेम्बर ६ मा मस्जिद ध्वस्त बनाइएपछि कल्याण सिंहको प्रदेश सरकार ढल्यो र यसले भाजपालाई पनि ठूलो क्षति पुर्यायो ।

लखनउका वरिष्ठ पत्रकार सुनिता एरोनले भाजपाको उदयलाई नजिकबाट नियालेकी छन् । उनी भन्छिन्, ‘मस्जिद ध्वस्त पारिएपछि पार्टीको ग्राफमा बिस्तारै बिस्तारै ह्रास आउन थाल्यो । वाजपेयीको नेतृत्वमा मन्दिरको मुद्दालाई पछाडि धकेलियो ।

वाजपेयीको नेतृत्वमा भाजपा केन्द्रमा सरकार बनाउने स्थितिमा पुग्यो । केन्द्रमै सरकार बन्दा भाजपालाई राम मन्दिर मुद्दाको आवश्यकता महसुस भएन । यसैले साउद सन् २००४ को चुनावमा भाजपाले ‘इन्डिया साइनिङ’को नारा दियो र विकासको मुद्दा उठायो । तर चुनावमा भाजपा हार्यो ।

सन् २००९ मा पार्टीले राम मन्दिरको मुद्दालाई अगाडि बढायो, पहिलेभन्दा नरमीको साथ । यसपश्चात् नरेन्द्र मोदीको नेतृत्वमा भाजपाले राम मन्दिरको निर्माणमा जोड दियो । आज भाजपा भारतको सबैभन्दा ठूलो पार्टी बनेर अगाडि छ ।

सुनिता भन्छिन्, ‘यदि तपाईंले उनीहरुको घोषणापत्र हेर्नुभयो भने मन्दिरको कुरो दुई लाइन मात्र छ । उनीहरुलाई अब हिन्दु कार्ड वा मन्दिरको मुद्दाको जरुरी थिएन । तर नरेन्द्र मोदीमा मानिसले एक हिन्दु नेता र विकासवादीको मिश्रण देखे ।’

सुनिताका एरोनका अनुसार भाजपाको उदयमा मन्दिर मुद्दाको मात्र हात छैन । ‘मन्दिरबाट पार्टीलाई बल प्राप्त भयो । राजीव गान्धी पछि कङ्ग्रेसमा देखिएको नेतृत्वको सङ्कट र विपक्षी पार्टी माझ आपसी फुटले गर्दा भाजपाको उदयमा मद्दत पुग्यो ।’

भाजपा आज भारतको सबैभन्दा ठूलो पार्टी त निश्चय नै हो तर आज पनि उसमाथि समाजलाई साम्प्रदायिक रूपमा विभाजित गरेर मन्दिर मुद्दाको राजनीतीकरण गरेर सत्तामा पुगेको आरोप लाग्ने गर्छ । जुन आरोपलाई भाजपा अस्वीकार गर्ने गर्छ ।

भाजपा भने भारतीय समाजमा हिन्दु–मुस्लिमबीच द्वेष फैलाउने काम कङ्ग्रेसले गरेको मान्छ  । भाजपाका अनुसार कङ्ग्रेसले मुसलमानहरुलाई भोट–बैङ्कको रूपमा प्रयोग गर्यो र हिन्दु समाजलाई जातिका नाममा विभाजित गर्यो ।

तर जेसुकै भए पनि सबै राजनीतिक विश्लेषकहरु राम मन्दिर मुद्दाले भारतको राजनीति सधैँको लागि बदलिएको मान्छन् । तिनका अनुसार यो मुद्दा भाजपाको उदयको कारण मात्र बनेन कङ्ग्रेसको पतनको कारण पनि बन्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप