शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री रावलले दिए राजीनामा

आइतबार, २४ कात्तिक २०७६, १५ : ३३
आइतबार, २४ कात्तिक २०७६

कञ्चनपुर– आइतबार सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले आफ्नो पदबाट राजीनामा दिएका छन् ।  सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानविन प्रक्रिया अघि बढाएलगत्तै मन्त्री रावलले मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजीनामा दिएका हुन् ।

रावलले आपराधिक गतिविधिबाट समेत सम्पत्ति आर्जन गरेको सूचनाका आधारमा विभागले विस्तृत छानबिन अघि बढाएको थियो । मन्त्री रावलले अनुसन्धानमा सहयोग गर्ने भन्दै एक विज्ञप्ती जारी गर्दै राजीनामा दिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप