नेपाली मूर्तिकलामा चिनियाँ चलखेल, साँचो बनाएर चीनमै कमसल मूर्ति निर्माण !
ललितकलाको सहरका रूपमा विश्वमै ख्याति कमाएको ललितपुरको मुख्य विशेषता भनेकै ढलौट वा धातुका मूर्तिहरु हुन् । निपुण कालीगढी, उत्कृष्ट कलाकौशल र गुणस्तरीय उत्पादनका लागि कुनैबेला विश्वमै कहलिएको ललितपुर अर्थात् पाटन सहरको मूर्ति व्यापार यतिखेर नराम्ररी खस्किएको छ ।
कलाप्रतिको अनुराग र समर्पणभन्दा पनि चाँडो पैसा कमाउने उद्देश्यका साथ यस क्षेत्रमा देखापरेका नयाँ मूर्ति व्यापारीहरुको कमसल र सस्तो मूर्तिले यहाँको परम्परागत मूर्ति व्यवसाय नै धरापमा पर्न थालेको छ । त्यसभन्दा ठूलो सङ्कट त नेपाली मूर्ति व्यवसायमा पछिल्लो पटक सबैभन्दा मुख्य क्रेता बनेर देखापरेका चिनियाँ मूर्ति व्यापारीहरुले नेपालबाट लगेका मूर्तिको साँचो बनाएर मेसिनका माध्यमबाट दुरुस्त प्रतिरूप निकाल्ने ‘चोरबुद्धिवाला बठ्याइँ’ गर्ने क्रम बढेपछि ललितपुरको मूर्ति व्यवसाय धरासायी बन्ने दिशातिर अग्रसर बन्दै गएको छ ।
*******
पाटन क्षेत्रमा निर्माण गरिने मूर्तिको मुख्य बजार भनेकै चीन हो । यहाँ निर्माण हुने मूर्तिमध्ये ९५ प्रतिशत निर्यात चीनमा हुने गरेको छ । तर यतिखेर मूर्ति किन्ने विदेशी तथा स्वदेशी ग्राहकको सङ्ख्या घटेको स्थानीय व्यापारी बताउँछन् ।
*******
पाटन क्षेत्रमा निर्माण गरिने मूर्तिको मुख्य बजार भनेकै चीन हो । यहाँ निर्माण हुने मूर्तिमध्ये ९५ प्रतिशत निर्यात चीनमा हुने गरेको छ । तर यतिखेर मूर्ति किन्ने विदेशी तथा स्वदेशी ग्राहकको सङ्ख्या घटेको स्थानीय व्यापारी बताउँछन् । यूएनआर स्ट्याचु हेन्डी क्र्याफ्टका व्यापारी राजभाइका अनुसार थोक र खुद्रामा मूर्ति किन्ने चिनियाँ ग्राहकको सङ्ख्या न्यून हुँदै गएको छ ।
‘स्थानीय परम्परागत कला प्रयोग गरेर, हातबाट बनाइएका मूर्ति चिनियाँ नागरिकले तिब्बत तथा अन्य सहरमा लगेर बिक्री गर्ने गर्छन् । तर अहिले उनीहरुले त्यस्ता मूर्तिहरुको साँचो बनाएर आधुनिक मेसिनमार्फत मूर्तिको नक्कल गरी पुनः उत्पादन गरेर स्थानीय तथा अन्तर्राष्ट्रिय रूपमा बिक्री गर्न थालेका छन् ।’
*******
उनी भन्छन्, ‘स्थानीय परम्परागत कला प्रयोग गरेर, हातबाट बनाइएका मूर्ति चिनियाँ नागरिकले तिब्बत तथा अन्य सहरमा लगेर बिक्री गर्ने गर्छन् । तर अहिले उनीहरुले त्यस्ता मूर्तिहरुको साँचो बनाएर आधुनिक मेसिनमार्फत मूर्तिको नक्कल गरी पुनः उत्पादन गरेर स्थानीय तथा अन्तर्राष्ट्रिय रूपमा बिक्री गर्न थालेका छन् ।’
राजभाइ अगाडि थप्छन्, ‘नेपाली मूर्तिको मुख्य व्यापार गर्ने चिनियाँ व्यापारीहरुले नै त्यस्तो गर्न थालेपछि पाटन क्षेत्रको मूर्ति व्यवसाय पछिल्लो समयमा खस्किँदै गएको छ । २६ वर्षसम्म मूर्ति कटिङ गर्ने काम गरेँ, मूर्तिको व्यवसाय राम्रो छ भनेर पसल सुरु गरे पनि पछिल्लो समय निर्यात कम हुँदा समस्या बढ्न थाल्यो ।’
उनले ७ वर्षअघि मूर्तिको पसल सञ्चालन गर्दा व्यापार राम्रो भए पनि आजभोलि व्यापार नहँुदा पुरानै काममा फर्कने कि नयाँ रोजगार खोज्ने भन्ने दुविधामा परेको उनले बताए ।
*******
‘चिनियाँ व्यापारीले भगवान बुद्धको एउटा मूर्ति लगेर त्यसको नक्कल गरी मेसिनको माध्यमले केही समयमै हजारौँ मूर्ति बनाउँछन्, जबकि हामीलाई त्यही एउटा मूर्ति बनाउन कम्तीमा ४ महिना लाग्छ’ राजभाइले रातोपाटीसँग गुनासो गरे ।
*******
‘चिनियाँ व्यापारीले भगवान बुद्धको एउटा मूर्ति लगेर त्यसको नक्कल गरी मेसिनको माध्यमले केही समयमै हजारौँ मूर्ति बनाउँछन्, जबकि हामीलाई त्यही एउटा मूर्ति बनाउन कम्तीमा ४ महिना लाग्छ’ राजभाइले रातोपाटीसँग गुनासो गरे ।
मूर्ति बनाउन कम्तीमा पनि १५–१६ जनाको कला र मिहिनेतको आवश्यकता हुने बताउँदै बजार खस्किएका कारण नेपाली बजारमा गुणस्तरहीन मूर्तिहरु बन्न थालेको राजभाइ सुनाउँछन् ।
राजभाइको चिन्ता यस्तो छ, ‘स्थानीय कालीगढले महिनौँ लगाएर हातैका माध्यमबाट सबै सम्प्रदायका भगवानको मूर्ति बनाउँछन् । त्यसरी मूर्ति बनाउँदा त्यसमा प्रयोग हुने सामानको गुणस्तर र लाग्ने मिहिनेतअनुसार त्यसको मूल्य केही महँगो हुन जान्छ । तर विदेशी ब्यापारीले नेपाली कलाको नक्कल गरेर आफै मूर्तिहरु उत्पादन गर्न थालेपछि हाम्रो व्यवसाय धरापमा पर्यो ।’
मूर्ति व्यापारीहरुका अनुसार चिनियाँ नागरिकको मागअनुसार सस्तो र गुणस्तरहीन सामान समेत बन्न थालेका छन् ।
यस्तै स्थानीय मुद्रा सेन हेन्डिक्र्याफ्टका व्यापारी अमर महर्जन पनि मूर्ति व्यापार विगतको तुलनामा खस्किँदै गएको बताउँछन् ।
३ वर्ष अगाडिसम्म वार्षिक रूपमा कम्तीमा १ करोड २० लाखसम्मको व्यापार भए पनि पछिल्ला २ वर्षमा वार्षिक २५ लाखको मात्र व्यापार हुने गरेकोे महर्जनले बताए ।
‘तारा, गुरु, बुद्धका मूर्ति तथा बौद्ध धर्मावलम्बीहरुले पूजा गर्दा प्रयोग गर्ने विभिन्न सामानको माग हुन्छ । परम्परागत विधिले बनाइने त्यस्ता मूर्तिको गुणस्तर राम्रो हुन्छ साथसाथै तिनको उत्पादन लागत पनि बढी हुन्छ । फलतः यस्ता मूर्तिको गुणस्तर राम्रो भए पनि माग भने कम हुन्छ’ अमरले बताए ।
थोक तथा खुद्रामा मूर्ति किन्न आउने चिनियाँ नागरिक सबैले अङ्ग्रेजी भाषा नबुझ्दा समस्या परेको अमर महर्जनले बताए । उनी भन्छन्, ‘हामीलाई राम्रोसँग चिनियाँ भाषा आउँदैन तर हामीले विदेशीसँग बोल्ने भाषा भनेको अङ्ग्रेजी नै हो । नेपाली व्यापारीले अङ्ग्रेजी बोले पनि चिनियाँ नागरिकले प्रायः बुझ्दैनन् ।’
*******
मूर्ति व्यापार ओरालो लाग्नुको अर्को कारण चाहिँ भाषाको समस्या पनि बन्ने गरेको छ । खासगरी, थोक तथा खुद्रामा मूर्ति किन्न आउने चिनियाँ नागरिक सबैले अङ्ग्रेजी भाषा नबुझ्दा समस्या परेको उनले बताए । उनी भन्छन्, ‘हामीलाई राम्रोसँग चिनियाँ भाषा आउँदैन तर हामीले विदेशीसँग बोल्ने भाषा भनेको अङ्ग्रेजी नै हो । नेपाली व्यापारीले अङ्ग्रेजी बोले पनि चिनियाँ नागरिकले प्रायः बुझ्दैनन् ।’
भाषा समस्याका कारण चिनियाँ ग्राहकलाई मूर्ति बेच्दा क्यालकुलेटरमा मूल्य लेखेर ‘बार्गेनिङ’ गर्ने गरेको अमर बताउँछन् । ‘सबै पसलमा एउटै गुणस्तरको मूर्ति राखिँदैन, फलतः किन्न आउनेहरु कम मूल्यको मूर्ति किन्नतिर आकर्षित हुन जान्छन् । अरूको भन्दा गुणस्तीय सामान र कला प्रयोग गरेर बनाइएका मूर्तिका बारेमा उनीहरुलाई बताउनका लागि भाषा समस्या बनिदिन्छ । चिनियाँ भाषामा उनीहरुलाई विश्वास दिलाउन नसकेका कारण पनि व्यवसाय घट्यो ।’
मूर्ति निर्यातमा कमी आएका कारण ९–१० जना व्यवसायीले पसल छाडेको श्री गणेश क्र्याफ्टका युजन महर्जन बताउँछन् । अहिले मूर्तिको व्यापार खस्केकै कारण मूर्ति बनाउने नयाँ कालिगढको सङ्ख्यामा पनि वृद्धि नभएको उनको तर्क छ ।
‘तिब्बत तथा चीनका अन्य सहरमा मूर्ति बनाउने नेपाली कालिगढ २१–२२ जनाको टोलीटोली भएर जान्छन्,’ उनले भने, ‘नेपाली कला झल्कने नमुना मूर्ति कालीगढले बनाउँछन्, त्यही नमुनाअनुसार मेसिनमार्फत् उनीहरुले ठूलो सङ्ख्यामा आफैँ उत्पादन गर्छन् ।’ महर्जनका अनुसार यसरी नेपाली कलाको नक्कल गर्दै चिनियाँहरुले थोरै समयमै धेरै प्रतिरूप मूर्ति बनाइदिँदा नेपाली मूर्तिकलाको हविगत नेपाली गलाँैचाकै जस्तो हुने डर बढेको छ ।
बुद्ध, गणेश, शिव, लक्ष्मी भगवानको मूर्ति र बौद्ध धर्मावलम्बीले पूजा गर्दा प्रयोग गरिने सामानको माग बढी हुने गरेको छ । पसलमा १३ हजारदेखि १६ लाखसम्म पर्ने मूर्तिहरु रहेको युजनले बताए । आफ्नै घरमा पसल राखेकाले भाडा तिर्न नपर्ने हुँदा मूर्तिको व्यवसायमा टिकेको युजन बताउँछन् । उनी भन्छन्, ‘भाडामा बसेर व्यवसाय गर्ने हो भने टिक्न गाह्रो पथ्र्यो ।’
नगन्य मात्रामा नेपाली नागरिकले मूर्तिको माग गर्ने युजनको अनुभव छ । ‘तिहारका बेलामा लक्ष्मी भगवानको मूर्ति खोज्छन्, अरू समयमा गणेश भगवानको मूर्ति नगन्य मात्रामा माग हुन्छ ।’
ललितपुर हस्तकला सङ्घका अध्यक्ष बिसराम सिं भन्छन्, आधुनिक प्रविधिको अभाव हुँदा नेपाली मूर्तिको नमुनालाई नक्कल गरेर अन्य मुलुकले पुनः बनाउने गरेका छन् । अन्तर्राष्ट्रिय बजारमा नेपालीले मौलिक कलामार्फत सिर्जना गरेकोे मूर्तिको नक्कल गरे पनि स्थानीय कलालाई हुबहु नक्कल भने गर्न नसकेको उनले बताए ।
*******
ललितपुर हस्तकला सङ्घका अध्यक्ष बिसराम सिं भन्छन्, आधुनिक प्रविधिको अभाव हुँदा नेपाली मूर्तिको नमुनालाई नक्कल गरेर अन्य मुलुकले पुनः बनाउने गरेका छन् । अन्तर्राष्ट्रिय बजारमा नेपालीले मौलिक कलामार्फत सिर्जना गरेकोे मूर्तिको नक्कल गरे पनि स्थानीय कलालाई हुबहु नक्कल भने गर्न नसकेको उनले बताए ।
गुणस्तरीय सामग्री र कलाबाट बनेका मूर्ति खोज्ने विदेशी पर्यटकको कमी नभएको अध्यक्ष सिं बताउँछन् । आधुनिक प्रविधि भित्र्याएर मूर्तिको निर्माण गर्ने बारेमा स्थानीय बासिन्दा पक्ष र विपक्षमा उभिएको उनले बताए । ‘मेसिनको सहयोगमा मूर्ति बनाएमा स्थानीय मौलिक कला लोप हुन्छ भन्ने एकथरी छन्, भने आधुनिक मेसिनको प्रयोगबाट चीनले जस्तै आफ्नै कलाको नक्कल गरेर मूर्ति बनाउनुपर्छ भन्ने पनि यहाँ धेरै छन् ।’
स्थानीय सरकार र केन्द्रीय सरकारले मूर्ति बनाउने मौलिक कला जीवित राखेर आधुनिक मेसिनमार्फत मूर्ति बनाउन सहयोग गर्नुपर्ने उनले बताए । प्रविधिको प्रयोग गरेर बजारको मागअनुसार सस्तो र छिटो मूर्ति बनाउन सकिने उनी बताउँछन् । मूर्ति किन्ने ग्राहक चिनियाँ नागरिक भए पनि पाटनका व्यापारीलाई चिनियाँ भाषाको दक्खल नहुँदा समस्या भएको उनले बताए । त्यसकारण व्यापारी र कालीगढलाई चिनियाँ भाषाको कक्षा सञ्चालन गर्ने योजना बनाइरहेको ललितपुर हस्तकला सङ्घका अध्यक्ष बिसराम सिंले बताए ।
तस्बिरहरु : कृष्ण खड्का
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतविरुद्ध अस्ट्रेलियन ब्याट्सम्यानको प्रदर्शन झनै निराशाजनक
-
सार्वभौम निकायले देखाएको नेपाली अर्थतन्त्रको ‘डाइग्नोसिस रिपोर्ट’
-
लुम्बिनीमा हजार गुम्बा विहारको उद्घाटन
-
स्थानीय तहको उपनिर्वाचनमा जनमतले १६ सिटमध्ये कतिमा मार्ला बाजी ?
-
कीर्तिपुरले शिवशरण महर्जन जस्ता उम्मेदवार पाउनु ठुलो अवसर हो : अग्नि सापकोटा
-
कम्बोडिया जानुअघि सभामुख घिमिरेद्वारा राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट