अमेरिकी राष्ट्रपति ट्रम्प र नेटो प्रमुखबीच छलफल हुँदै
वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता नेटोका महासचिव जेन्स स्टोल्टेन्बर्गसँग ह्वाइट हाउसमा सुरक्षा र लगानीका विषयमा छलफल गर्ने भएका छन् । ह्वाइट हाउसका अनुसार उक्त भेटवार्ताका क्रममा नेटो गठबन्धनका मुलुकबाट दामासाहीले नेटोका लागि खर्च जुटाउने उपायका बारेमा मुख्य रुपमा छलफल हुनेछ ।
साथै, गठबन्धन मुलुकहरुको प्रतिरक्षा, आतंकवाद र साइबर आक्रमण समेतका अन्य चुनौतीहरु विरुद्ध लड्न साझा रणनीति बनाउन अवलम्बन गर्नुपर्ने नीतिका बारेमा पनि छलफल हुने ह्वाइट हाउसले जनाएको छ ।
राष्ट्रपति ट्रम्प नेटो प्रमुखहरुको आगामी डिसेम्बरको शुरुमा हुने सम्मेलनमा सहभागी हुन लन्डनको भ्रमण गर्नेछन् । राष्ट्रपति ट्रम्पका कारण गठबन्धनका मुलुकबीचको एकताकै विषयमा प्रश्न उब्जिरहेको अवस्थामा नेटो स्थापनाको ७०औं वार्षिकोत्सव लन्डनमा मनाउन लागिएको छ ।
ट्रम्प प्रशासनले नेटोमा अमेरिकी लगानी अत्यधिक रहेको र यो बोझ अमेरिकाले मात्र उठाउन नसक्ने बताउँदै गठबन्धन मुलुकले प्रतिरक्षा खर्चमा योगदान बढाउन दबाब दिइरहेको छ । यसबाहेक अमेरिकासँग केही जल्दाबल्दा विषयमा पनि मतान्तर छ । खासगरी इरानी आणविक मुद्दा, उत्तरी सिरियामा टर्कीले गरेको सैन्य हस्तक्षेप तथा उत्तरी सिरियाबाट आफ्ना सैनिक फिर्ता गर्ने अमेरिकी निर्णयमा नेटो गठबन्धनमा विवाद छ ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले हालै मात्र रणनीतिक सहयोगको कमी र संयुक्तराज्य अमेरिकाको नेतृत्वबाट भएको कमजोरीका कारण नेटो गठबन्धनमा ठूलो संकट आएको बताएका थिए ।
–सिन्ह्वा/Photo: www.aftenposten.no
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा