केन्द्रीय संस्करण
अन्तरवार्ता

‘विद्या भट्टराईप्रति कसैले माया र सद्भाव राख्न पाउँदैन ?’

person explore access_timeकात्तिक २४, २०७६ chat_bubble_outline0

जाडोयाम सुरु भइरहँदा देशमा चुनावी सरगर्मी बढेको छ । आगामी मङ्सिर १४ मा हुन लागेको उपनिर्वाचनको गर्मी यतिबेला ह्वात्तै बढेको छ । उपनिर्वाचनमध्ये, प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचन क्षेत्र कास्की २ मात्रै हो । तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि रिक्त रहेको कास्की २ लाई यतिबेला निकै महत्त्वका साथ हेरिएको छ । कास्की २ को उपनिर्वाचनमा साना ठूला र स्वतन्त्र गरी २२ जना उम्मेदवार भिड्ने छन् ।

कास्की २ को उपनिर्वाचनका लागि सत्तारुढ नेकपाले स्वर्गीय अधिकारी पत्नी विद्या भट्टराईलाई जिल्लाबाट एकलौटी उम्मेदवारको रूपमा नाम सिफारिस गरेको थियो । नेकपा केन्द्रले पनि उनैलाई उम्मेदवारका रूपमा उठाएको छ । भट्टराईको चुनावी योजना, चुनाव जितेर आइसकेपछिका काम र राजनीतिक आरोह अवरोहबारे रातोपाटीले कुराकानी गरेको छ । उनै विद्यासँग गरिएको कुराकानीको अंश :-

राजनीतिमा आएरै छोड्नुभयो ?

हो, आएँ ।

पहिला राजनीतिमा हुनुहुन्थ्यो । पछि निस्क्रिय हुनुभयो । एक्कासि पुनः राजनीतिमा फर्किन तपाईंलाई के कुराले प्रेरित गर्यो ?

एक्कासिभन्दा पनि देखिने गरी एक्कासि भयो । एउटा त मेरो परिस्थितिले नै प्रेरित गर्यो । राजनीति छोडे त मैले कैले पनि भन्दिनँ । आवश्यकता पनि हो । आवश्यकताले नै मलाई प्रेरित गर्यो ।

अरू पार्टीमा जस्तो उम्मेदवार छान्ने क्रममा तपाईंको पार्टीभित्र त्यस्तो विवाद पनि भएन । मङ्सिर १४ मा हुने उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट नेकपा कास्कीले तपाईंलाई एकलौटी उम्मेदवारका रूपमा सिफारिस गर्यो । पार्टीले पनि तपाईंलाई नै चयन गर्यो, कस्तो महसुस गर्नुभएको छ ?

सबैभन्दा पहिला त सर्वसम्मत रूपमा सिफारिस गर्नु भएकोमा जिल्ला कमिटी कास्कीलाई हार्दिक धन्यवाद दिन चाहन्छु । मलाई के लाग्छ भने रवीन्द्रजीले नेकपाको जनप्रतिनिधिको हैसियतले खेल्नुभएको भूमिका । अर्को मेरो हिजोको पार्टीप्रतिको पृष्ठभूमि । त्यो पृष्ठभूमिसँग जोड्दै रवीन्द्रजीलाई गरिएको सम्मान । अबको राजनीतिमा विद्या आउँदा राम्रो हुन्छ भन्ने पार्टीको विश्वास, भरोषा मप्रति देखियो । यो चाहिँ मलाई के लाग्छ भने पार्टीले मलाई दिएको जिम्मेवारी हो । उहाँहरूले मलाई लायक सम्झेर जिम्मेवारी दिनु भएको छ । त्यसलाई पूरा गर्न म आउनुपर्छ भन्ने ठानेर पनि म आएँ । यसले मलाई एकदमै हर्षित बनायो । मलाई लायकको सम्झेर जुन जिम्मेवारी दिनुभयो त्यसका लागि म पार्टीलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

हाम्रो संयुक्त परिवार छ । एक अर्कोलाई माया गर्ने भावना बुझ्ने परिवार पाएकी छु । रवीन्द्रजीलाई त मैले गुमाए । एक्लो छु । जीवनसाथी नै गुमाउनुपरेको छ । तर, परिवारभित्र म एक्लो छैन । आमा हुनुहुन्छ । बा हुनुहुन्छ, भाइहरू हुनुहुन्छ । बैनी हुनुहुन्छ, बच्चाहरू छन् । हामी तिनै जनालाई साथ दिने एउटा मायालु परिवार छ ।

स्व. रवीन्द्र अधिकारीले अघि सारेका अधुरा सपना पूरा गर्न उहाँकै परिवारबाट राजनीतिक उत्तराधिकारी खोज्नुपर्ने कारण के होला ? के पार्टीमा अरू योग्य नभएरै हो ?

योग्य उम्मेदवार नभएको भन्ने त हुँदै होइन ।रवीन्द्रको अकल्पनीय घटना घट्यो । नेपाली राजनीतिको ट्रेडिसन नै यस्तो हुँदै आएको भनेर पनि भनेको हुन सक्छ । यस्ता अभ्यास पनि भएका छन् । योग्य उम्मेदवार नभएर मलाई चयन गरेको भन्ने होइन । विद्यालाई नै उठाउनुपर्छ भन्ने सबैको विचार आयो । सहमति भयो । एकखालको जनमत पनि देखियो । २ नम्बर क्षेत्रमा एक खालको अभिमत पनि देखियो । त्यो सबैको कदर भयो भन्ने पनि लाग्छ मलाई ।

आफूले घर सम्हालेर रवीन्द्रजीलाई राजनीतिमा निर्धक्क सक्रिय हुने वातावरण बनाइदिनु र अहिले आफूले घर परिवारका साथै राजनीतिमा पनि समय व्यवस्थापन गर्नुमा स्वाभाविक रूपमा फरक पर्छ नै, पारिवारिक जिम्मेवारी पनि तपाईंकै काँधमा छ । कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?

हाम्रो संयुक्त परिवार छ । एक अर्कोलाई माया गर्ने भावना बुझ्ने परिवार पाएकी छु । रवीन्द्रजीलाई त मैले गुमाए । एक्लो छु । जीवनसाथी नै गुमाउनुपरेको छ । तर, परिवारभित्र म एक्लो छैन । आमा हुनुहुन्छ । बा हुनुहुन्छ, भाइहरू हुनुहुन्छ । बैनी हुनुहुन्छ, बच्चाहरू छन् । हामी तिनै जनालाई साथ दिने एउटा मायालु परिवार छ । परिवारको यो खालको साथ पाएर पनि मलाई राजनीतिमा होमिन हिम्मत मिलेको हो ।

अर्को जनताको विश्वास, भरोसा, पार्टीको सद्भाव, विद्या राजनीतिमा आउनुपर्छ । मेरो हिजोको योगदानको कदर । र, मेरो मायालु परिवार मेरो साथमा छ । त्यसैले पनि म राजनीतिमा आएँ ।

राजनीतिमा आउन तपाईंलाई परिवारको साथ छ ?

एकदमै, मलाई राजनीतिमा आउन परिवारको एकदमै सपोर्ट छ ।

माफ गर्नुहोला ! यो प्रश्न सोध्नु त्यति उचित थियो या थिएन । तर, सबैको चासाको विषय भने पक्कै हो । स्व. रवीन्द्र अधिकारीलाई ‘वाइड बडी’ बिमान खरिद घोटाला प्रकरणमा मुछिनु भयो । करौडौँ रूपैयाँ भ्रष्टाचार गरेको सङ्गीन आरोप उहाँमाथि छ । उहाँले म निर्दोष छु भनेर प्रमाणित गर्न पनि पाउनु भएन । अकल्पनीय हेलिकप्टर दुर्घटनामा परी उहाँ देहावसान हुनुभयो । विपक्षी दलले यही इस्युलाई चुनाव जित्ने रणनीति पनि बनाएका छन् । छानबिन आयोग बनाए पनि छानबिन हुन भने पाएको छैन । प्रधानमन्त्री ओलीज्यूले निरङ्कुश शासन व्यवस्थानमा जस्तै गरी उहाँ निर्दोष हुनुहुन्छ भन्दिनुभयो । उहाँ निर्दोष नै भए पनि उहाँमाथि आरोप त छ नि ! प्रधानमन्त्रीज्यूको भनाइलाई मात्रै आधार मानेर उहाँलाई निर्दोष सावित गर्न नमिल्ला ? यसमा तपाईंको भनाइ के छ ? उहाँलाई निर्दोष सावित गर्न तपाईंले कस्तो पहल गर्नुहुन्छ ?

एउटा त हामीकहाँ राजनीतिक भ्यालु नै छैैन । चुनावमा कसरी जाने । स्वच्छ प्रतिस्पर्धा कसरी गर्ने भन्ने नै छैन । हामी के मात्र सोच्छौँ भने, जसरी पनि चुनाव जित्नुपर्छ । चुनाव जित्नका लागि आफ्ना प्रतिस्पर्धीको बारे ‘अनर्गल’ प्रचार जे गरे पनि हुन्छ भन्ने छ । मूल्यविहीन राजनीतिक सोच छ । त्यसले गर्दा पनि अरूका बारेमा आक्रामक प्रचार गर्ने गर्छौं ।

मलाई के लाग्छ भने, जतिबेला संसदीय समितिबाट त्यो प्रतिवेदन आयो । त्यो प्रतिवेदन गलत हो भनेर सरकारले अस्वीकार गर्यो । रवीन्द्रमाथिको आरोप मिथ्या हो । यो प्रतिवेदनलाई हामी स्वीकार गर्दैनौँ भनेर भनी सकेको छ । इतिहासमै पहिलो पटक संसदीय समिति फेल भयो नि त । जसले आरोप लगाए । कार्यकारी निकायले गलत मान्यो । भनेपछि, त अब के गर्ने भनेर प्रतिपक्षको भूमिका होइन ? प्रतिपक्षले यो कुरा संसदमा उठाउँन सक्दैन ? खोइ त उठाएको ? संसदमा त ऊ चुपचाप छ । बीचमा मिडियाले पनि यो कुरा उठाएको छ त ?

****

रवीन्द्रजी जसरी असामायिक रूपमा हामीमाझबाट हराउनुभयो । आकस्मिक घटनाले उहाँ हामीबीच हुनुभएन । त्यसपछि यो कुरा उठेको छ ? रवीन्द्रजी मन्त्री हुँदा मात्र यी कुरा भएका छन् ? हिजो, २९ वटा निर्णयलाई हेर्यो भने दोषीको देखिन्छ ? हामीसँग प्रमाणहरू छन् नि त । ती प्रमाणका आधारमा छानबिन सुरु गरौँ न त ।

****

रवीन्द्रजी जसरी असामायिक रूपमा हामीमाझबाट हराउनुभयो । आकस्मिक घटनाले उहाँ हामीबीच हुनुभएन । त्यसपछि यो कुरा उठेको छ ? रवीन्द्रजी मन्त्री हुँदा मात्र यी कुरा भएका छन् ? हिजो, २९ वटा निर्णयलाई हेर्यो भने दोषीको देखिन्छ ? हामीसँग प्रमाणहरू छन् नि त । ती प्रमाणका आधारमा छानबिन सुरु गरौँ न त ।

त्यसका लागि म भोलि निर्वाचित भएर आई सकेपछि खोजबिनमा साथ दिन्छु । त्यो हिम्मत गर्नुहुन्छ उहाँहरूले ? आज चुनाव जित्नका लागि अनर्गल प्रचार गर्ने ? जो मान्छे हाम्रो साथमा छैन । उसले उत्तर दिन सक्छ ? यो भनेको के हो भने, सरासर राजनीतिक रूपमा गरिएको आक्रमण हो । अर्को के हो भने, विपक्षीमाथि गर्ने केही सवाल नपाएपछि गरिएको अनर्गल प्रचार हो ।

जनताले त यो सब बुझिसकेका छैनन् । उहाँ नै दोषी हो भन्ने बुझाइ छ नि !

त्यो त समयले बताउँछ । मैले भन्ने कुरा हो । मैले उहाँ निर्दोष हुनुहुन्छ भनिरहँदा । तँ को होस् र भन्ने प्रश्न पनि आउला । हाम्रो समाज त आग्रहमा आधारित छ । विभाजित छ । विभिन्न दलसँग विभाजित छौँ । त्यसका आधारमा हामी प्रश्न गर्छौं । एउटालाई गरेको प्रश्न अर्कोलाई गर्न सक्दैनौँ । भनेपछि, हामी आफै विभाजित भएर प्रश्न गरिरहेका छौँ । मलाई लाग्दैन कि जसले हिजोदेखि रवीन्द्रजीलाई चिनेको छ । उसले प्रश्न गरेको छैन । तर हामी जो विभिन्न दलका विचारबाट प्रभावित छौँ । उसले मात्रै यो प्रश्न गरिरहेका छौँ भन्ने मलाई लाग्छ । तर, यो भनेर मैले नागरिकमाथि आरोप लगाउन खोजेको होइन ।

ठीक छ, प्रमाण भेटियो भने प्रमाण खोजी गरौँ न । जेजति प्रमाण आए ती प्रमाणले दोषी भन्न सक्या छ ? अन्तिमको किस्ता पठाउने क्रममा उहाँको भूमिका छ । त्योभन्दा अघि गरिएका निर्णयमा त उहाँ हुनुहुन्न नि त । अन्तिमको किस्ता पठाउने क्रममा त्यो पनि नेपाल वायु सेवा निगमले आफै बैठकले निर्णय गरिसकेर । त्यसमा न उहाँको कतै निर्देशन छ, न संग्लनता छ । यति मात्रै हो कि, जिम्मेवार पदमा रहेको बेला उहाँले किन सिग्नेचर गर्नुभयो ? त्यहाँ विवाद छ भन्दाभन्दै किन पठाउनु भयो ? यति होइन ।

दोस्रो कुरा के हो भने, अन्तिम किस्ता नपठाएको भए जहाज आउँदैनथ्यो । जहाज नआएको भए झन के हुन्थ्यो ? हाम्रा सबै लगानी डुब्दैनथे ? झनै घाटामा जाने अवस्था हुन्थ्यो । भनेपछि, उहाँले त सबै कुरा भइसक्यो विमान आउँछ । मैले किन रोक्ने भनेर नरोकेको हो नि त । त्यसकारण, मलाई के लाग्छ भने ठीक छ । यहाँ दोषी छ भने हिजोदेखिको प्रमाण खोजौँ । दोषीमाथि कारबाही गरौँ । खोजी गरौँ । खोजी गर्नका लागि हामीले समिति बनाएर जाऔँ । त्यसका लागि कस्तो सहयोग गर्नुपर्छ । म त्यसमा लाग्ने छु ।

चुनाव जित्नुभयो भने त्यसका लागि पहल गर्नुहुन्छ ?

पहल गर्छु ।

कास्की र सिङ्गो देशकै लागि स्व. रवीन्द्र अधिकारीले जुन सपना देख्नुभएको थियो त्यो सपना पूरा गर्न तपाईंको भूमिका कस्तो रहन्छ ? कस्तो सोच बनाउनु भएको छ ?

संविधान हामीले बनायौँ । संविधान कार्यान्वयन गर्न आज जनताले उठाएका धेरै प्रश्नहरूको संवैधानिक हिसाबले निकास खोज्नु पनि आवश्यक छ । पहिलो कुरा चुनाव जितिसकेपछि, यो संविधानको सफल कार्यान्वयन गर्नपट्टि लाग्नेछु । दोस्रो, लोक कल्याणकारी राज्य, न्यायमा आधारित राज्य । म एउटा महिला पनि भएकै कारण, महिलामाथि आज विभेद परिरहेको छ । हिंसा बढी रहेको छ । महिलासँग जोडिएका अपराधहरू बढी रहेका छन् । अपराध निर्मूल पार्नका लागि, हिंसारहित समाज निर्माणका लागि, न्यायमूलक राज्य निर्माणका लागि । मैले के गर्ने छु भने, आजसम्म बनेका नीतिहरूको कार्यान्वयन गर्ने सन्दर्भमा भूमिका खेल्ने छुँ । र, नबनेका नीति सुधार गर्नुपर्ने छन् भने सुधार गर्नपट्टि लाग्छु । यदि नयाँ नीति आवश्यक छन् भने नयाँ नीति निर्माण गर्न पहल गर्छु ।

तेस्रो कुरा म के देख्छु भने, आज युवाहरूमा अलि समस्या देखिन्छ । एउटा के छ भने, युवाहरूमा पढ्ने कल्चर बिस्तार घट्दै गइरहेको छ । किताबी ज्ञान लिन कम भइरहेको छ । किनकि प्रविधिमा आधारित ज्ञान लिनपट्टि लाग्नुभयो । जसकारण, पढ्ने संस्कृतिको विकास नहुने, युवाहरू दुव्र्यसनीमा लाग्ने क्रम बढेको छ । यसको निराकरण कसरी गर्ने ? भन्ने विषयमा पनि महत्त्वपूर्ण विषय हो हामी राजनीतिकर्मीहरूको लागि । दोस्रो युवा स्वरोजगारको कुरा, युवालाई कसरी आत्मनिर्भर बन्न सिकाउने, मितव्ययी बन्न सिकाउने ? गलत खालका क्रियाकलपाबाट कसरी रोक्ने ? यस विषयमा कार्यरत सङ्घसंस्थासँग छलफल गर्दै एकाकार भएर अघि बढ्छु । उहाँहरूसँग बसेर बनाएका योजनाको आधारमा राज्यले बनाउने नीति निर्माणमा पनि जोड दिन्छु । तेस्रो कुरा के भने, हामीले भनिरहेका छौँ आत्मनिर्भर नेपाल । हिजो हामी परनिर्भर थियौँ । परनिर्भरतामुखी अर्थतन्त्र हामीले निर्माण गरेका छौँ । भनेपछि, आत्मनिर्भरतामुखी अर्थतन्त्र मात्र होइन, आत्मनिर्भरतामुखी समाज निमार्णमा जोड दिन्छु ।

मैले के देखेको छु भने, एउटा पूर्वाधार निर्माणको कुरा । जस्तो, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण समयसीमाभित्र सक्ने कुरा । त्यसपछि, पोखरालाई जोड्ने विभिन्न नाकाहरू । जस्तो, कोरला नाका, केरुङ कोरला रेलमार्ग राष्ट्रिय गौरवका योजना आएका छन् । त्यसमा भूमिका खेल्ने एउटा । दोस्रो भनेको सुन्दर पोखरा । यहाँको बाटोघाँटो चौडा बनाउने । स्थानीय र प्रदेश सरकारसँग सहकार्य गरेर काम गर्छु । अर्को कुरा के भने, मैले बारम्बार भन्दै आएको पोखरा पर्यटकीय गन्तव्य हो । अब यो दोस्रो होइन, पहिलो गन्तव्य बनाउने । काठमाडौँमा धेरै मन्दिर छन् एउटा पक्ष छन् । प्राकृतिक हिसाबले भन्ने हो भने, पोखरा जति सुन्दरता भएको ठाउँ अन्त कहीँ पनि छैन । त्यसकारण पहिलो गन्तव्य पोखरालाई बनाउनको लागि सुसंस्कृत, शान्त र सुन्दर पोखरा निर्माण गर्नका लागि म अगाडि बढ्छु । अर्को के भने, हामीले पोखरामा पर्यटन व्यवसायीसँग जोडिएको होटल व्यवसायी, होमस्टे, त्यसका लागि चाहिने दक्ष जनशक्ति निर्माण, युवाहरूको उद्यमशीलता विकास गर्न म आवाज उठाउने छु । यिनै मुद्दालाई अघि सारेर म आफ्ना कामलाई अघि बढाउँछु । यही अनुसार आफ्ना एक्सन अघि सार्छु ।

पार्टीको मत त तपाईंलाई छ नै । पार्टीको मतका अतिरिक्त सहानुभूतिको मत थपिने भएकै कारण पार्टीले तपाईंलाई उम्मेदवार बनाएको भन्ने चर्चा पनि छ नि ? यसमा के भन्नुहुन्छ ?

सहानुभूतिभन्दा पनि रवीन्द्रजीसँग यहाँका जनतासँग प्रत्यक्ष सम्बन्ध हो, आत्मीय सम्बन्ध हो । जतिबेला उहाँको दुर्घटनाको घटना सुनियो, घाटमा हामी थियौँ । मेरो आँखामा मात्र होइन, मेरो परिवारको आँखामा मात्र होइन, त्यहाँ आउने आमाबुबा, दाजुभाइ, दिदीबहिनी सबैका आँखामा आँसु थियो । कोही छोरा भन्दै रोइरहनुभएको थियो । कोही दाइ भन्दै रोइरहनुभएको थियो । हरेकको मनमा रवीन्द्र हुनुहुन्थ्यो । त्यो सहानुभूतिभन्दा पनि यहाँको जनतासँग रवीन्द्रजीको सम्बन्ध हो । सम्बन्ध एउटा पक्ष रह्यो भने, अर्को उहाँलाई गर्नुभएको आशा र भरोसा । रवीन्द्रजीलाई पोखराका जनताले त स्वाभाविक रूपमा आशा र भरोसा गर्नुभएको थियो । तीनतीन पटकसम्म निर्वाचित गराएर पठाएको हो । तीनतीन पटक एउटै व्यक्तिले चुनाव जित्नु भनेको त चानचुन कुरा थिएन नि त । आशा, भरोसा, विश्वासले चुनाव जितेको हो नि त । त्यो विश्वास, आशा र भरोसामा टेकेको जनमत हो भनेर लिन्छु मैले ।

कास्कीका जनताले मात्र होइन देशभरका जनताले रवीन्द्रजीलाई आशा, भरोसा गरेका थिए । त्यसकारण, यहाँको जनताको मप्रतिको जनता सद्भाव छ, श्रद्धा छ । देशभरका जनताले कास्की २ को उपनिर्वाचनमा विद्या उठिराछ, के भइरहेको होला भनेर चासो दिइरहनु भएको छ । यो क्षेत्रमा रवीन्द्रजीको सामीप्यता, प्रत्यक्ष सम्बन्ध, भावना जोडिएको सम्बन्धको भोट चाहिँ हामीसँग छ । पार्टी पनि अत्यन्त प्रभावशाली छ । सङ्गठन बलियो छ । सङ्गठनपछि निर्माण भएको जनमत हामीसँग छ । त्यसकारण, हाम्रो भोट जनमतमा आधारित भोट हो । जनविश्वासमा आधारित भोट हो । त्यो मत मैले प्राप्त गर्छु भन्ने मलाई आत्मविश्वास छ ।

कास्कीका जनताले स्व. रवीन्द्र अधिकारीलाई जुन विश्वास गरेका थिए । त्यो विश्वासलाई तपाईंले कायम राख्न सक्नु होला त ?

म कस्तो मान्छे हो भने, एकदमै लो प्रोफाइलमा बसेर पनि म काम गर्न सक्छु । राजनीतिक नेताहरूलाई हेर्ने दृष्टिकोण अझै पनि सकारात्मक छैनन् । सकारात्क नहुनुमा उहाँहरूको दोष म देख्दिनँ । हाम्रा व्यवहारहरू नै नकारात्मक देखिने खालका भए होलान् । त्यसकारण मैले कास्कीका आमाबुबा, दाजुभाइ, दिदीबैनीले जुन खालको विश्वास गर्नुभयो । तपाईं उम्मेदवार बन्नुस् भनेर पार्टीले जुन किसिमको जिम्मेवारी दियो, यो विश्वास मैल कहिले पनि कमजोर हुन दिने छैन । मेरा व्यवहारहरू सधैँ जनपक्षीय हुने छन् । जनताको पक्षमा मैले आफूलाई अघि बढाउने छु । रवीन्द्रजीले जित्नुभएको विश्वासमा टेकेर हामी भन्ने गछौँ नि उत्तराधिकारी । उत्तराधिकारी भन्न मलाई यसकारण पनि हीनताबोध छैन भने उहाँले जनतालाई एक खालको विश्वास दिएर जानु भएको छ नि त । उच्च सगरमाथा जस्तो उभिएर । उहाँ नहुँदा पनि मान्छेले उहाँलाई सम्झिरहनु भएको छ । त्यो अवस्था उहाँले निर्माण गरेर जानु भएको छ । त्यस्तो गौरवशाली मान्छेकी श्रीमती भन्न किन मैले इन्कार गर्ने ? किन हीनताबोध गर्नुपर्यो र ? उहाँले जित्नुभएको विश्वासलाई मैले कति पनि डगमगाउन दिने छैन ।

हिजोदेखि नै यहाँका जनताले कम्युनिस्टमाथि विश्वास गर्नु भएको हो । अहिले त हामीसँग स्थानीय सरकार छ । प्रत्यक्ष रूपमा त्यो सरकारसँग जनता जोडिनुभएको छ । त्यो काम गर्ने सन्दर्भमा कतिपय आालोचना पनि होलान् । गुनसा पनि होलान् । यो निर्वाचनमा हामी सरकारका सकारात्मक काम लिएर जनतासामु पुग्छौँ । हाम्रो योजना पनि लैजान्छौँ ।

तपाईंका प्रतिस्पर्धीले त तपाईंलाई रवीन्द्रको नाम बेचेर भोट मागिन् भन्ने आरोप लगाएका छन् नि !

आरोप लगाउन त पाइयो । उहाँहरूलाई म केही भन्न पनि चाहन्न । मैले त आफूलाई साझा उम्मेदवारका रूपमा लिएकी छु । मलाई हिजो तपाईं निर्वाचनमा आउनुपर्छ भन्ने मत पार्टीभित्र त थियो नै । बाहिर रहनुभएका रवीन्द्रजीसँग सम्बन्ध भएका धेरै हुनुहुन्छ । उहाँलाई विश्वास गर्ने धेरै हुनुहुन्छ । रवीन्द्रजीप्रतिको विश्वास नै हो । किनभने उहाँ त नेता हो नि त हिजोको । त्यो सम्बन्ध ममा ट्रान्सफर हुन पाउँदैन र ? कसैले मलाई सहानुभूति राख्यो रे ! विद्याप्रति कसैले माया र सद्भाव राख्न पाउँदैन ? मनोवैज्ञानिक सम्बन्ध हुँदैनन् ? हरेक कुरालाई हामी राजनीतिक विषय बनाइरहेका हुन्छौँ । कुनै मर्म, भावना हुँदैन भनिरहेका हुन्छौँ । त्यसकारण मलाई के लाग्छ भने, यो क्षेत्रका हरेक मान्छेको मनमा बस्न म आइरहेकी छु । होला, हिजो रवीन्द्र बसेको मान्छेको मनमा म बसँे होला ! आरोप लगाउन त पाइयो । तर त्यो आरोपमा कति सत्यता छ भन्ने कुरा त भोलि पुष्टि हुँदै जान्छ नि । अहिले मैलै भन्नै पर्दैन नि । म कसैमाथि आरोप पनि लगाउँदिनँ । कसैलाई केही भन्न पनि चाहन्न । हामी स्वच्छ प्रतिस्पर्धामा जाऊँ । स्वच्छ, निष्पक्ष निर्वाचनमा जाऊँ । जनताको मतलाई जितेर आफूलाई अब्बल बनाउन भूमिका खेलौँ । त्यति गरियो भने पुग्छ ।

भनेपछि, कास्की २ लाई लालकिल्ला मानिन्छ । यो उपनिर्वाचनले पनि कायमै राख्छ !

हिजोदेखि नै यहाँका जनताले कम्युनिस्टमाथि विश्वास गर्नु भएको हो । अहिले त हामीसँग स्थानीय सरकार छ । प्रत्यक्ष रूपमा त्यो सरकारसँग जनता जोडिनुभएको छ । त्यो काम गर्ने सन्दर्भमा कतिपय आालोचना पनि होलान् । गुनसा पनि होलान् । यो निर्वाचनमा हामी सरकारका सकारात्मक काम लिएर जनतासामु पुग्छौँ । हाम्रो योजना पनि लैजान्छौँ ।

हिजोको जनमत हामीसँग कायमै छ भन्ने विश्वास हामीले लिएका छौँ ।

चुनाव जित्नुहुन्छ भनेपछि !

चुनावी प्रतिस्र्धामा म आइरहेकी छु । आत्मविश्वासकासाथ चुनाव लडेपछि जितिन्छ । त्यो आत्मविश्वास यहाँको जनमतले मलाई दिएको छ ।

राजनीतिमा कसरी जोडिनुभयो ?

सात कक्षा पढ्दादेखि नै म अनेरास्ववियुसँग जोडिँदै आएँ । म पढ्ने स्कुलमा प्रारम्भिक कमिटी रहेछ । मलाई थाहा थिएन । त्यतिबेला सरसफाइ अभियान भनेर उहाँहरूले सुरु गर्नुभएको थियो । त्यहाँ शिक्षकले राम्रो नपढाउनेदेखि गुणस्तरीय शिक्षाका कुरालाई मुद्दा बनाउँदै आन्दोलनमा आउनुभएको थियो । मलाई पनि एक दिन क्लास तपाईंले छोड्दिनु है ! भनेर क्लासमा साथीहरूलाई भनिसकेपछि मलाई पनि भन्नुभयो । एक दिन क्लास नलिई बसे ।

४२ सालदेखि अनेरास्ववियुसँग मेरो सम्पर्क सुरु भयो । त्यो सम्पर्क सँगसँगै बिस्तारै चिठीहरू पु¥याउन जाने, मिटिङमा बच्चाहरू हेर्ने काममा जोडिँदै आए । एसएलसी दिनुभन्दा अघि ४५ सालतिर जस्तो लाग्छ मलाई । त्यतिबेला भारतीय नाकाबन्दी भएको थियो । स्कुलदेखि नै म बोल्थेँ । मित्र वाचनालय भन्ने थियो । प्रगतिशील साहित्यकारहरूले खोल्नुभएको थियो । मलाई पनि त्यति धेरै त थाहा थिएन । वाचनालयमा हामी जान्थ्यौँ । किताबहरू पढ्थ्यौँ । वक्तृत्वकला हुन्थ्यो, हाजिरीजवाफ हुन्थ्यो । वक्तृत्वकलामा म मीठो बोल्दो रहेछु । नाकाबन्दीविरुद्धका कार्यक्रममा पनि विद्यालाई लैजाऊँ भनेर कतिपय स्कुलहरूमा सङ्गठित गर्ने क्रममा गएँ । त्यसले मेरो क्रियशीलता बढ्दै गयो । ४६ को आन्दोलन एकदमै अन्त्य हुने बेलामा भर्खर म पद्मकन्या क्याम्पस आएँ । क्याम्पस भर्ना भइसकेपछि क्याम्पसकै कमिटीमा बसँे । त्यतिबेला आन्दोलन समायोजन समिति भनेर बनाइएको थियो । त्यो समितिको म सदस्य पनि भएँ । त्यो ४६ सालको आन्दोलनमा सक्रिय सहभागी भएँ । ४६ को आन्दोलनपछि ४७ मा सम्मेलन भयो । त्यसमा म क्याम्पस प्रारम्भिक कमिटीमा बसिसकेकी थिएँ । त्यसपछि म प्रतिनिधि भएँ । यसरी अखिलसँग कार्यकर्ताका रूपमा म जोडिँदै गएँ ।

२०४८ मा पोखरामा अनेरास्ववियुको सम्मेलन भयो । अखिल नेपाल महिला सङ्घमा पनि म सदस्य भए । त्यतिबेला एमालेको वडा कमिटीमा पनि बसेँ । इलाका कमिटीमा पनि बसेँ । एउटै मान्छेको धेरै भूमिका हुन्थ्यो । धेरै सदस्यहरू हुनुहुन्नथियो । ४७ सालमा मैले नेपाल कम्युनिस्ट पार्टी मालेको सदस्यता लिएकी हुँ । सानै उमेरमा । मेरो राजनीतिक आन्दोलनप्रतिको जुन आस्था र विश्वास थियो त्यो अनुसारको भूमिका पनि मैले पाएकी थिएँ । २०४८ मा अनेरास्ववियुको राष्ट्रिय परिषद् सदस्य भएँ । महिला विभागकी सचिव भएँ । अनेरास्ववियुअन्तर्गत देशभरी महिलाका कार्यक्रममा पनि सहभागी हुन थालेँ । सङ्गठित गराउन क्रियाशील रहेँ । ५० सालमा म महिला विभाग प्रमुख भएँ ।

त्यसपछि म पूर्णकालीन अनेरास्ववियुको सचिवालय सदस्यका रूपमा काम गर्न थालेँ । मेरो सक्रिय राजनीतिक जीवन सुुरु त २०४२ देखि नै भयो । त्यो भनेको सम्पर्क सम्बन्ध मात्रै थियो । त्यतिबेला म भर्खर ११ पूरा गरेर १२ वर्षमा लागेकी थिएँ । त्यो बेलाको काम र अहिलेको काममा धेरै फरक छ । सानै उमेरमा गथ्र्यौं । ५० देखि ५५ सम्म अनेरास्ववियुको सचिवालयमा रहें । महिला विभाग प्रमुख २ कार्याकल रहेँ । त्यसपछि सचिव निकै छोटो समयका लागि । त्यसपछि म अखिल नेपाल महिला सङ्घको कार्यालय सचिव र केन्द्रीय सदस्य भएँ । त्यहीबेला नै हामीले विवाह गर्यौं  । विवाहपछि म बुद्धिजीवी परिषद्मा बसेँ । यसरी मेरो राजनीतिक यात्रा अघि बढ्यो । ५९ पछि जब मैले प्रध्यापन पेसा सुरु गरँे, त्यसपछि भने प्राज्ञिक मर्यादा कायम राख्दै, राजनीतिक यात्राको काममा अघि सारेँ। तर, सक्रिय कार्यकर्ताका रूपमा परिचय गराउन चाहिनँ । लो प्रोफाइलमा बसेर काम गरेँ । परिचय गराउन चाहिनँ । म कहिले पनि कम्युनिस्ट पार्टी विमुख भएर बसिनँ । कहीँ न कहीँ पार्टीसँग जोडिएर आए । तर, बेखुसी म कत्ति पनि बनिनँ ।

तपाईंका चुनावी एजेन्डा कस्ता छन् ?

हामी अहिले समाजवाद उन्मुख राज्यको कुरा गरिरहेका छौँ । न्याय प्रणालीमा देखिएका जुन समस्या छन्, सुरक्षा प्रत्याभूति गर्ने कुरामा आज पनि समस्या छ । त्यसका लागि सरकारको भूमिका बनाउन पनि एउटा जनप्रतिनिधिको दायित्व रहन्छ । अन्तर्राष्ट्रिय विमानस्थल समयमै सम्पन्न गर्नु छ । निर्माण प्रक्रिया अघि बढाउँदा आउने गतिरोध अन्त्य गर्न म भूमिका खेल्ने छु ।  म मात्रै होइन यहाँ निर्वाचिन हुनुु भएका जनप्रतिनिधिसँग समन्वय गर्ने छु । सडक स्तरोन्नति, उज्यालो पोखरा, सोलारदेखि विद्युतका विकल्पमा अरू के हुन सक्छन् भन्ने खोजेर उज्यालो पोखरा बनाउन लाग्ने । आमा दिदी बहिनीलाई आत्मनिर्भरतामुखी महिला लक्षित गर्दै स्वरोजगार कार्यक्रम ल्याउन भूमिका खेल्छु । जबसम्म महिलाहरू आत्ननिर्भर हुँदैनन्, हिंसा र विभेदको सिकार भइरहन्छन् ।

सङ्घीय सरकारका सशक्तीकरणका काम ल्याउन प्रयत्न गर्ने छु । सामाजिक सुरक्षा कार्यक्रमका कुरा जुन ल्याइरहेका छौँ । त्यसलाई कसरी प्रभावकारी बनाउने भनेर पनि मेरो भूमिका रहन्छ । दैनिक जीवनसँग जोडिएका, पूर्वाधार विकास, सामाजिक न्याय प्रणालीलाई कसरी वितरणमुखी बनाउने, संस्थागत कसरी गर्ने भन्ने कुरामा आधारित रहेर म मेरा कामहरू अघि बढाउँछु ।

सुन्दर, शान्त र समुन्नत पोखरा बनाउने काममा मेरो भूमिका रहन्छ ।

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...