मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सुपर ओभरमा इङ्ल्यान्डको भाग्य

आइतबार, २४ कात्तिक २०७६, १२ : २०
आइतबार, २४ कात्तिक २०७६

घरेलु टोली न्युजील्याण्डविरुद्धको पाँच खेलको टी–२० क्रिकेट सिरिज इङ्ल्यान्डले जितेको छ । आइतबार भएको पाँचौं तथा अन्तिम खेलमा न्युजील्याण्डलाई सुपर ओभरमा हराउँदै इङ्ल्यान्डले सिरिज ३–१ ले जितेको हो ।

वर्षाले प्रभावित गरेपछि ११ ओभरमा झारिएको खेलमा न्युजील्याण्डले इङ्ल्यान्डलाई जितका लागि एक सय ४३ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको इङ्ल्यान्डले ११ ओभरमा सात विकेटको क्षतिमा एकस सय ४३ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

 सुपर ओभरमा इङ्ल्यान्डले १७ रन जोड्दै न्युजिल्याण्डलाई १८ रनको विजय लक्ष्य दिएको थियो । जवाफमा न्युजिल्याण्ड एक विकेट गुमाएर आठ रनमा सकेटियो ।

सुपर ओभर अघि इङ्ल्यान्डका जोनी बेयर्सटोले सर्वाधिक ४७ रन बनाए । साम करणले २४ र कप्तान इयान मोर्गनले १७ रन बनाए । 

न्युजील्याण्डका ट्रेन्ड बोल्ट, मिचेल स्टाननर र जेम्स निशमले समान दुई दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ११ ओभरमा पाँच विकेटको क्षतिमा एक सय ४६ रन बनाएको थियो । न्युजिल्याण्डका मार्टिन गुप्टिलले ५० रनको अर्धशतकीय इनिङ खेल । 

 कोलिन मुन्रोले ४६ र टिम सिफार्टले ३९ रन बनाए । इङ्ल्यान्डका साम करण, टम करण, आदील राशिद र शकिब ममुदले एक एक विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप