शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अयोध्यामा राम मन्दिर बन्ने निर्णयपछि जनकपुरमा दिपावली

आइतबार, २४ कात्तिक २०७६, ०७ : ३५
आइतबार, २४ कात्तिक २०७६

जनकपुर । भारतको अयोध्याको विवादस्पद जमिनमा राम मन्दिर बन्ने भएपछि भगवान रामको ससुराली मानिने मिथिलाको राजधानी जनकपुरमा खुशीयाली मनाइएको छ ।

शनिवार भारतको सर्वोच्च अदालतले वर्षौंदेखि विवादस्पद अवस्थामा रहेको जमिनलार्ई राम मन्दिरको पक्षमा फैसला सुनाएपछि यहाँ दिपालवलीसहित खुशीयाली मनाइएको हो ।

विश्व हिन्दु परिषद धनुषाले जानकी मन्दिरमा खुशीयाली मनाउँदै दीप प्रज्वलन गरेको छ । त्यस्तै, जानकी मन्दिरमा साधुसन्तहरुलाई मिठाइसमेत बाँडेका थिए ।

विवाह पञ्चमी आउनमा केहि दिन बाँकी रहेको अवस्थामा जानकीको ससुरालीमा राम मन्दिर बन्ने पक्षमा निर्णय आउनु सुखद रहेको परिषदका प्रवक्ता मिथुन साहले बताए ।

प्रवक्ता साहले राम मन्दिरका लागि भारतका जनताले वर्षौंदेखि लडे त्यसरी नै जानकी मन्दिरको अतिक्रमण गरेकि फुलबारी पुनःस्थापित गराउनका लागि स्थानियवासीमा आग्रह गरे ।

यता, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवका अनुसार ४ सय ७० वर्ष देखि विवादित रहेको मुद्दामा ऐतिहासिक निर्णय आएपछि आफुहरु खुशी बनेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप