शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अयोध्या निर्णयबारे पाकिस्तानले के भन्यो ?

आइतबार, २४ कात्तिक २०७६, ०७ : २६
आइतबार, २४ कात्तिक २०७६

अयोध्यामा मन्दिर र मस्जिद विवादबारे भारतको सर्वोच्च अदालतको निर्णयमाथि पाकिस्तानबाट पनि प्रतिक्रिया आउन थालेको छ ।

शनिबार भारतको सर्वोच्च अदालतका मुख्य न्यायाशीश जस्टिस रंजन गोगोईको अध्यक्षतामा रहेको पाँच न्यायाधीसको बेन्चले विवादित जमिनमाथिको निर्णय रामललाको पक्षमा सुनाए र मुस्लिम पक्षलाई छुट्टै पाँच एकड जमिन मस्जिद बनाउनका लागि दिन निर्देशन दिए ।

यो निर्णयमाथि भारतका सबै पक्षबाट सन्तुलित प्रतिक्रिया आइरहेको छ तर पाकिस्तानको तर्फबाट आक्रामक प्रतिक्रिया आउन थालेको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता आसिफ गफूरले ट्वीटमार्फत् भने, ‘संसारले पुनः एकपटक अतिवादी भारतको वास्तविक अनुहार देखेको छ । पाँच अगस्टमा कश्मीरको भारतले संवैधानिक दर्जा समाप्त गर्‍यो र आज बाबरी मस्जिदबारे निर्णय आयो । अर्कोतर्फ पाकिस्तानले अन्य धर्मको आदर गर्दै गुरु नानकका सेवकका लागि करतारपुर करिडोर खोलेको  छ ।’

रेडियो पाकिस्तानले अयोध्या निर्णयमा पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरैशीको भनाई उद्धृत गर्दै लेखेको छ, ‘यसले मोदी सरकारको कट्टर व्यवहारलाई झल्काउँछ । भारतमा मुसलमान पहिलेदेखि नै दबाबमा छन् र सर्वोच्च अदालतको निर्णयपछि थप दबाब बढ्नेछ ।’

रेडियो पाकिस्तानका अनुसार जुन दिन करतारपुर करिडोरको उद्घाटन गरियो त्यसै दिन भारतको सर्वोच्च अदालतले यसबारे निर्णय किन सुनायो भनेर कुरैशी अचम्मित छन् ।

कुरैशीले यो निर्णयले भारतको सेक्युलर (धर्मनिरपेक्ष) छवीको वास्तविकता सार्वजनिक  भएको छ ।

भारतविरुद्ध धेरैजसो विवादित बयान दिने पाकिस्तानका विज्ञा र प्रविधी मन्त्री चौधरी फवाद हुसैनले अयोध्यामाथि सर्वोच्च अदालतको निर्णयलाई लज्जा, वकवास अवैध र अननैतिक बताएका छन् ।

पाकिस्तानका वरिष्ठ पत्रकार हामिद मीरले पनि ट्वीटमा भने, ‘बाबरी मस्जिदमा निर्णय आएपछि विभिन्न प्रश्न तेर्सिएका छन् । भारतको सर्वोच्च अदालतले यो हप्ता किन निर्णय सुनायो ? के पाकिस्तानले सिखका लागि करतारपुरम जे गरे त्यो प्रतिक्रिया स्वरुप यो निर्णय गरिएको हो ? यो निर्णय कानूनको आधारमा गरिएको हो वा बिजेपीको घोषणापत्रको आधारमा ?’

पाकिस्तानमा समा टिभीका वरिष्ठ पत्रकार नदिम मलिकले ट्वीट गरेका भनेका छन्, ‘भारतको सर्वोच्च अदालतले एक विवादित निर्णय गरेको छ । विवादित जमिन हिन्दुको मन्दिरका लागि दिइएको छ । ४६० वर्ष पुरानो मस्जिद हिन्दुले सन् १९९२ मा भत्काइदिएका थिए । मुसलमानका लागि पाँच एकड जमिन छुट्टै दिइएको छ ।’

पाकिस्तानमा ट्वीटरमा बाबरी मस्जिद ह्याशट्याग शीर्ष स्थानमा छ ।

दोस्रो नम्बरमा अयोध्या भर्डिक्ट र पाँचौं नम्बरमा राम मन्दिर ह्याशट्याग छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप