शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतीय प्रधानमन्त्री मोदीले दिए पाकिस्तानी प्रधानमन्त्री खानलाई धन्यवाद

शनिबार, २३ कात्तिक २०७६, २३ : २९
शनिबार, २३ कात्तिक २०७६

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई धन्यवाद ज्ञापन गरेका छन् । भारतीय सिखलाई पाकिस्तान जान निःशुल्क प्रवेशाज्ञा दिनकालागि सहयोग गरेकोमा मोदीले इमरानलाई धन्यवाद दिएका हुन् ।

पाकिस्तान र भारतको सीमा क्षेत्रमा पर्ने धार्मिक क्षेत्रहरुको भ्रमणका लागि पाकिस्तानले त्यस्तो व्यवस्था गरिदिएको जनाइएको छ । सञ्चारमाध्यमलाई प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्री मोदीले भने, “पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको संवेदनशीलतालाई बुझिदिनु भएको छ र सहयोग गर्नुभएको छ, त्यसैले म उहालाई धन्यवाद दिन चाहन्छु ।” -एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप