शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सर्वपक्षीय बैठकमा प्रधानमन्त्री ओलीले भने- भारतको व्यवहारमा परिवर्तन आएको छ

शनिबार, २३ कात्तिक २०७६, २३ : १४
शनिबार, २३ कात्तिक २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक र लिम्पियाधुरासहित कालापानी क्षेत्र नेपालको भूभागको हो भन्ने बिषयमा अभूतपूर्व राष्ट्रिय एकता कामय भएको बताएका छन् । प्रधानमन्त्री ओलीले आज कालापानी क्षेत्रको सीमा विवादको विषयमा आयोजना गरिएको सर्वपक्षीय बैठकमा सो कुरा बताएका हुन्  ।

 बैठकमा सहभागी दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री ,पूर्व परराष्ट मन्त्रीहरुले कालापानी क्षेत्रको समस्या समाधानका लागि सरकारले कुटनीति पहलबाट समाधान गर्नेमा आफूहरुको ऐक्यवद्धता रहने जनाएका छन् ।

‘सरकार यही राष्ट्रिय भावनालाई दृढता र स्पष्टताकासाथ कुटनीतिक  रुपमा सीमाका समस्या समाधान गर्न  अग्रसर रहेको छ  ’  प्रधानमन्त्री ओलीले भने,“सिमाका विवादका समस्या समाधान गर्न राष्ट्र नै एकजुट हुनुपर्दछ ।” प्रधानमन्त्री ओलीले भने, ‘भारतको व्यवहारमा परिवर्तन आएको छ । हिजो सीमानामा बाटो र बाँध बन्थे आज खोल्ने क्रम छ । त्यसैले समस्या समाधान हुनेमा म आशावादी छु । ’ 

‘हामी समग्र दक्षिण एसियामा समृद्धि,विकास र रुपान्तरण देख्न चाहन्छौं । त्यसैले यस क्षेत्रका मुलुकहरुले  यस्ता विवादहरुमा अल्झिनु हँदैन’   प्रधानमन्त्री ओलीले भने, ‘त्यसैले नेपालले पर्याप्त तथ्य र प्रमाणहरुसहित कालापानी क्षेत्र नेपालको हो भनिसकेपछि विवादलाई समाधान हाम्रा लागि मात्र हैन भारतका लागि पनि आवश्यक छ । ’ 

प्रधानमन्त्री ओलीले २१ औं शताब्दीमा हिजोका शैली लागू नहुने बताए । ‘हिजोका भाषा र शैली  स्वीकार्य छैनन् र आज सहनुपर्ने आवश्यकता पनि  छैन ’   प्रधानमन्त्री ओलीले भने,  ’ अब समग्र पक्षको छलफल गरिन्छ । यस विषयमा सरकार संवदेनशील छ । ’ 

प्रधानमन्त्री ओलीले हालको सीमा विवादको बिषयमा कसैलाई उत्ताउला अभिव्यक्ति नदिन पनि निर्देशन दिए । ‘उत्ताउला अभिव्यक्तिले  वातावरण बिगार्दछ ’  प्रधानमन्त्री ओलीले भने, ‘भारतलाई हामी मैत्रीपूर्ण ढंगले तथ्य, तथ्याँक राखेर सम्झाउने र आफ्नो भूभाग फिर्ता लिन्छौं । ’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप