शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरधाममा पनि गुन्जियो ‘गो ब्याक इन्डिया’ को नारा

शनिबार, २३ कात्तिक २०७६, १८ : ३९
शनिबार, २३ कात्तिक २०७६

जनकपुरधाम – भारत सरकारले जारी गरेको नयाँ नक्साको विरोध जनाउँदै जनकपुरधाममा समेत प्रदर्शन गरिएको छ । शनिबार अनेरास्ववियू जिल्ला समिति धनुषाको नेतृत्वमा ‘गो ब्याक इन्डिया’ नारासहित जनकपुरधाममा प्रदर्शन गरेको छ । कालापानी, लिपुलेक र लिम्यिाधुरा होम्रो हो भन्दै जनकपुरधाममा प्रदर्शन गरेको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध गर्दै, मोदी सरकार चोर हो भन्दै प्रदर्शन गरिएको छ । केही दिन पहिला भारत सरकारले नेपालको केहि भूभाग आफ्नो रहेको भन्दै नक्सा सार्वजनिक गरेको थियो । कार्यवाहक अध्यक्ष मनिस यादवको अगुवाइमा नगर प्रदर्शन भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप