शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा तीन जनाको विभत्स हत्या प्रकरण : रहस्यमा तीन पुरुष !

शनिबार, २३ कात्तिक २०७६, १८ : १८
शनिबार, २३ कात्तिक २०७६

बुटवल – केही दिनअघि गुल्मीको चन्द्रकोट गाउँपालिकामा तीन जनाको विभत्सव हत्याको विषयमा शंकास्पद गतिविधी देखिनथालेका छन् । चन्द्रकोट–२ स्थित हर्राचौरको जङ्गलमा कात्तिक १६ गते शनिबार बिहान एक महिला र दुई बालिकासहित तीन वटा शव बेवरिसे अवस्थामा फेला परेका थिए । गुल्मीको जिल्ला अस्पतालमा धेरै दिन राख्न नमिल्ने भए पछि तीनै जनाको शव अहिले पाल्पाको मिशन अस्पतालमा राखिएको छ । 
शव फेला पर्नअघि शान्तिपुरको एक होटलमा केही शंकास्पद मानिसहरुको आगमन भएको थियो ।  त्यसपछि  शान्तिपुरबाट ती मानिस पुगेको अन्य स्थानसम्मको यात्रा गरेर स्थानीयसँग बुझ्नका लागि शान्तिपुरबाट हरौचौर हुँदै घटना स्थलतर्फ लगिएको थियो ।

शव फेला परेको ७ दिनअघि अर्थात कार्तिक ९ गते साँझ करिव साढे पाँच बजेको समयमा  शान्तिपुरका लागि अपरिचित तीन जना पुरुष, एक महिला र दुई बालिका बुटवलबाट आएको लु १ ज ६३१५ नम्वरको  बसबाट ओर्लिएको देखिन्छ ।

त्यस बसका चालक रुद्रबहादुर कुँवर भन्छन्, ‘ यति नै नम्बरको सिट भनेर त हेक्का राख्न सकिएन । तर उनीहरु अगाडि नै बसेका थिए ।  तीन  जना पुरुष थिए, एउटी महिला र दुई बालिका थिइन् । उनीहरुलाई शान्तिपुर बसपार्क ल्याएर ओरालेका थियौं । एउटा पुरुषको उमेर ४० वर्षको जस्तो देखिन्थ्यो । अन्य दुई जना पुरुषहरु बीस उमेरका जस्ता देखिन्थे । महिलाको उमेर ३० वर्ष जतिको लाग्थ्यो । बालिकाको उमेर तिर हेक्का राखिएन ।’

त्यसपछि उनीहरुले ओर्लिन साथ शान्तिपुर बसपार्कमा अटोरिक्सा रोक्छन् । आजै  वजेनी गाउँमा विवाहमा जानु छ  हामीलाई लैजानुस् चार हजार रुपैयाँ दिन्छौं भन्दै वेदबहादुर रानाको अटोरिक्सा रोक्छन ।

अटोरिक्सा चालक राना भन्छन, ‘कच्ची सडक त्यस माथी रातको समय भएकोले मैले ४ हजार त के  १० हजार दिए पनि जान सक्दिँन भन्दै जान मानिन ।’ त्यसरी गाडी नपाएपछि उनीहरु शान्तिपुर बसपार्कमा रहेकोे  अजुर्न होटलमा गएर बस्छन  ्।

एक महिला  र दुई बालिका बाहिर निस्कीने गरे तीन जना पुरुष भात समेत कोठा मै मगाएर खान्छन् , मदिरा पनि पिउँछन । बाहिर निस्कँदैनन ।  खाना खाएपछि  एउटै कोठामा एक महिला, दुई बालिकासहित  तीन जना पुरुष सुत्छन् ।

होटल मालिकलाई जीप मगाउन लगाएर उनीहरु राति २ बजे  ध १ ज  १०० नम्वरको जीपबाट गाउँतर्फको पाइएको छ । जीपका  चालक आयुष क्षेत्रीचालक क्षेत्रीले भने, ‘मलाई राति दुई साढे दुई बजेतिर गाडी धनीको फोन आयो । रातिमा भएकोले दुई तीन कल उठाइन् ।  त्यसपछि उठाएँ ।
बसपार्कको अर्जुन होटलमा  रहेका पाँच छ जना मानिसलाई लैजान होटलवालाले बलाएका रहेछन् ।’

 उनले अगाडि भने, ‘म  होटलमा आउँदा उनीहरु  बाहिरै निस्केर हिड्न तयार थिए । मैले चढाएर  लगेको हुँ  । उनीहरुले   धौलादीपमा विवाह  छ भन्दै त्यहाँसम्मका लागि तीन हजार भाडा दिने सर्तमा लगेका थिए । धौलादिपमा पुगेपछि मैले गाडी रोके उनीहरुले बजेनीको उपल्लो घुम्तीसम्म  लगि दिन करगरे ।  त्यसपछि मैले बजेनीसम्म  पुराएँ ।  त्यो गाउँ  पुराएपछि पनि  दह र थाले पोखरा जाने चोकको घुम्तीमाथि लैजाउ भाइ भन्दै  थिए । मैले  वजेनीभन्दा माथी  जान नमानेर त्यही पुराएर फर्किएको हुँ ।’

उनीहरुले गाडी भित्रको बत्ति बाल्न समेत  नमानेको उनले बताए । उनले भने, ‘वजेनी पुराएर   राति ४ बजेतिर शान्तिपुर फर्किएको हुँ ।  उनीहरुलाई मैले चिन्दैन  र यस भेगका मान्छे हुन जस्तो पनि लाग्दैन ।’

स्थानीय वासीले जीपमा सवार तीन जना पुरुषहरुले नै ती महिला र बालिकाको हत्या गरेको आशंका गरेका छन् । प्रहरीको अनुसन्धानको सुई पनि त्यसैतर्फ मोडिएको छ ।  उनीहरुले कति बेला बजेनी त कति बेला धौलादिपमा विवाहमा जान्छौं भने पनि धौलादिपका वासीन्दा मदन भण्डारीले भने त्यस दिनदेखि हालसम्म यस गाउँमा कसैको विवाह र कुनै  अन्य कुनै कार्य  नभएको बताए ।

मोटरबाटो कै छेउँमा घर भएका भण्डारीले त्यस रात यसतर्फ कुनै गाडी आएको आफुलाई थाह नभएको बताए । अर्को दिन कार्तिक १० गते विहान करिव साढे सात बजेको समयमा  घटनास्थलदेखि  करिव एक घण्टाको पैदल दुरीमा पर्ने ओलिवाङ्घ बजारमा रहेको बस काउण्टरमा तीन जना अपरिचत मानिसहरु बुटवलसम्मका लागि टिकट काट्न आएका थिए ।

अर्को दिनदेखि भिडियो गायव

 अर्जुन होटल मालिक डम्वर कुँवर दम्पत्तीले  त्यहाँका जनप्रतिनिधीहरुलाई बताए अनुसार उनीहरुले आफूहरु बुटवलमा होटल गर्दछौं भनेका थिए ।   ती महिलाले आफू राई जातकी हुँ भनेकी थिइन ।  त्यस दिन साँझ बाग्लुङ्घबाट  त्यस होटल अगाडि देउँसी भैलो खेल्न मानिस आएका थिए ।  ती तिन जना पुरुष  कोठा भित्रै खानपिन गरिरहे पनि खान खाइसकेपछि ती महिला र दुई बालिकाहरु देउँसी भैलो हेर्न बाहिर आएका थिए ।

पछि कस्तो जाडो भयो भन्दै गर्दा उनको बोली त्यस भेगको जस्तो नलागेर होटलकी मालिकनीले सोध्दा म राईनी हुँ भनेकी थिइन् ।  अन्य थुप्रै जनाले पनि भिडियो खिचेका थिए । केही दिनसम्म  धेरैको मोवाइलमा भएको भिडियो घटना पश्चात भने कसैसँग छैन भनिएको छ ।

शान्तिपुर बजारमा  मजदुरी गर्ने एक महिलाका छोराले  ती महिलालाई देखिने गरि धेरै लामो  भिडियो खिचेका थिए ।  तर अहिले  उनी भारत गई सकेका रहेछन् । हामीले  पहिलो दिन फोन गर्दा त्यो भिडियो मसँग छ , साँझ पठाइ दिन्छु भने तर   दोश्रो दिन फोन गर्दा छैन मसँग भन्ने जवाफ दिए । त्यो भिडियोे प्रहरीका लागि  पनि महत्वपुर्ण छ ।

घटना स्थलमा  हेम्मर भेटियो

घटना स्थलमा एउटा हेम्मरको विंड भाँचिएको थियो । अर्को हेम्मर निकै थियो ।  ती दुवै नयाँ थिए । महिलाको एउटा झुम्का  भुँईमा खसेको थियो । एउटा कान मै थियो । भुँईमा झारपात घर्षण हेर्दा महिलाले निकै संघर्ष गरेको देखिन्छ ।

बालिकाहरु भाग्दै गर्दा लखटेर हत्या गरिएर  तल फालेको  बुझ्न सकिन्थ्यो । महिला गहुँगोरी , मंगोलियन चेहराकी भएको प्रहरीको भनाइ छ । दुई बालिकाको चेहरा ठम्याउन नसक्ने गरि क्षति विच्छेद थियो । 

महिलाको दुबै खुट्टाको माईली औलामा चाँदीका औठी लगाईएको छ । कपाल कालो खैरे रहेको छ । त्यस दिन ती अपरिचत मानिस राख्ने शान्तिपुर बसपार्कस्थित अर्जुन होटलका मालिक दम्पत्तीहरु हामीसँग बोल्न चाहेनन ।  उनीहरुले दिएको बयान वडाध्यक्ष किरणप्रताप शाहबाट लिन आग्रह गरे । सोही अनुरुप हामीले वडाध्यक्ष शाहसँंग सोध्दा त्यस होटलमा बसेकी एउटी महिला, दुई वटी बालिका र तीन जना पुरुषहरुको हुलिया  घटनासँग करिव करिव मिल्दो जुल्दो लाग्ने  बताए ।

गाडीवालालाई विवाहको वाहनामा अनकण्टार भिर, बन जंगलको बाटो राति नै यात्रा तय गरिनुले घटनाको उनीहरु नै योजनाकार हुन कि भन्ने देखाउँ छ ।  शान्तिपुर बजार क्षेत्र त्यसमा पनि बसपार्कमा  एउटा पनि सिसीटिभी नहुनु यस घटनाको दुर्भाग्य पक्ष बन्न पुगेको छ ।

त्यस्तै कुनै पनि होटलमा  पाहुनाको व्यक्तिगत विवरण राख्ने गरिएको पाइएन । सामन्य सोधपुछ समेत नगरिएकोले ती होटलमा बसेका मानिसहरुको अवस्थामाथि वजेनी गाउँ अज्ञात बनेको छ ।

जसको काण सुरक्षा  चुनौती थपिएको चन्द्रकोट गाउँपालिका अध्यक्ष द्रोणबहादुर खत्रीले चिन्ता प्रकट गरे । उनीहरु  निर्दोष भए सम्पर्कमा  आएमा प्रहरीले अर्को कोणबाट अनुसन्धान गर्ने थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप