बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मन्त्रीदेखि सल्लाहकारसम्म फेर्ने तयारीमा प्रधानमन्त्री ओली

शनिबार, २३ कात्तिक २०७६, १७ : ३६
शनिबार, २३ कात्तिक २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल फेरबदल गर्ने गृहकार्य थालेका छन् । 

नेकपा निकट उच्च स्रोतका अनुसार कार्यसम्पादनमा कमजोर रहेका केही मन्त्री फेर्ने गृहकार्यमा प्रधानमन्त्री ओली लागेका हुन् । 

मन्त्रिहरुको हेरफेर गर्नुअघि प्रधानमन्त्रीले आफ्नै सचिवालय र सल्लाहकार समेत फेर्न लागेका छन् । 

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सल्लाहकार र सचिवालयका अधिकांश सदस्यलाई बोलाएर राजीनामा दिन निर्देशन दिएका छन् । 

‘एकाएक प्रधानमन्त्रीज्यूले हामीसहित प्रमुख सल्लाहर समेतलाई बोलाएर राजीनामा दिन निर्देशन दिनुभएको छ’, सचिवालयका एक सदस्यले रातोपाटीसँग भने, ‘कात्तिक महिनाभरीको तलब खानुस्, त्यसपछि मंसिर १ गतेदेखि लागू हुनेगरी तुरुन्त राजीनामा दिनुस् भनेर निर्देशन दिनुभएको छ।’

यस विषयमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिँदै थप बोल्न चाहेनन् । 

यस्तै प्रेस सल्लाहकार डा कुन्दन आर्याल पनि ‘पछिल्लो विकसित घटनाक्रमबारे मलाई केहीपनि थाहा छैन’ भन्दै पन्छिए । 

स्रोतका अनुसार प्रधानमन्त्री ओली मुख्यतः प्रमुख सल्लाहकार रिमालसँग असन्तुष्ट छन् । उनले प्रधानमन्त्रीलाई सही सल्लाह नदिएको र सरकारको पक्षमा पनि सकारात्मक माहोल हुनेगरी काम गर्न नसकेको भन्दै ओली असन्तुष्ट छन् । 

सरुवा बढुवामा अनावश्यक हस्तक्षेप गर्ने तथा परिणाम पनि दिन नसकेको भन्दै ओलीले केही समयअघि देखि नै रिमालको बहिर्गमन चाहेका थिए । तर उनले राजीनामा पनि नदिएको र अहिले मन्त्रिमण्डलको पनि हेरफेर गर्ने गृहकार्य हुँदै गर्दा सबैभन्दा पहिला सचिवालय  हेरफेर गर्ने निचोडमा प्रधानमन्त्री ओली पुगेका हुन् । 

सल्लाहकारदेखि सचिवालयका सदस्यहरुले केही दिनमै राजीनामा दिने बुझिएको छ । 

स्रोतका अनुसार त्यसपछि ओलीको नयाँ टीम खडा हुनेछ । जुन टीममा ओलीले हाल सचिवालय र सल्लाहकारको भूमिकामा ‘फिट हुने’लाई पुनः मौका दिन सक्ने सभावना रहेको पनि बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप