मन्त्रीदेखि सल्लाहकारसम्म फेर्ने तयारीमा प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल फेरबदल गर्ने गृहकार्य थालेका छन् ।
नेकपा निकट उच्च स्रोतका अनुसार कार्यसम्पादनमा कमजोर रहेका केही मन्त्री फेर्ने गृहकार्यमा प्रधानमन्त्री ओली लागेका हुन् ।
मन्त्रिहरुको हेरफेर गर्नुअघि प्रधानमन्त्रीले आफ्नै सचिवालय र सल्लाहकार समेत फेर्न लागेका छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सल्लाहकार र सचिवालयका अधिकांश सदस्यलाई बोलाएर राजीनामा दिन निर्देशन दिएका छन् ।
‘एकाएक प्रधानमन्त्रीज्यूले हामीसहित प्रमुख सल्लाहर समेतलाई बोलाएर राजीनामा दिन निर्देशन दिनुभएको छ’, सचिवालयका एक सदस्यले रातोपाटीसँग भने, ‘कात्तिक महिनाभरीको तलब खानुस्, त्यसपछि मंसिर १ गतेदेखि लागू हुनेगरी तुरुन्त राजीनामा दिनुस् भनेर निर्देशन दिनुभएको छ।’
यस विषयमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिँदै थप बोल्न चाहेनन् ।
यस्तै प्रेस सल्लाहकार डा कुन्दन आर्याल पनि ‘पछिल्लो विकसित घटनाक्रमबारे मलाई केहीपनि थाहा छैन’ भन्दै पन्छिए ।
स्रोतका अनुसार प्रधानमन्त्री ओली मुख्यतः प्रमुख सल्लाहकार रिमालसँग असन्तुष्ट छन् । उनले प्रधानमन्त्रीलाई सही सल्लाह नदिएको र सरकारको पक्षमा पनि सकारात्मक माहोल हुनेगरी काम गर्न नसकेको भन्दै ओली असन्तुष्ट छन् ।
सरुवा बढुवामा अनावश्यक हस्तक्षेप गर्ने तथा परिणाम पनि दिन नसकेको भन्दै ओलीले केही समयअघि देखि नै रिमालको बहिर्गमन चाहेका थिए । तर उनले राजीनामा पनि नदिएको र अहिले मन्त्रिमण्डलको पनि हेरफेर गर्ने गृहकार्य हुँदै गर्दा सबैभन्दा पहिला सचिवालय हेरफेर गर्ने निचोडमा प्रधानमन्त्री ओली पुगेका हुन् ।
सल्लाहकारदेखि सचिवालयका सदस्यहरुले केही दिनमै राजीनामा दिने बुझिएको छ ।
स्रोतका अनुसार त्यसपछि ओलीको नयाँ टीम खडा हुनेछ । जुन टीममा ओलीले हाल सचिवालय र सल्लाहकारको भूमिकामा ‘फिट हुने’लाई पुनः मौका दिन सक्ने सभावना रहेको पनि बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण