कृषि विमातर्फ सेवाग्राहीलाई आकर्षित गर्न आग्रह
जनकपुर – जीवन विमाप्रति मानिसको जागरुकता बढिरहे पनि सिमित मानिसले मात्रै विमा लाभ लिइरहेको सरोकारवालाले बताएका छन् । शनिबार जनकपुरमा आयोजित एक कार्यक्रममा वक्ताहरुले अझै पनि गाउँ घरसम्म जीवन विमाबारे अधिकांशलाई जानकारी नै नभएकै कारणले विमा गराउन सेवाग्राही हिच्किने गरेको बताएका हुन् ।
विमा नियमनकारी नियकाद्वारा आयोजित स्थानीय तहसँग विमा समिति अन्तरक्रिया कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले जीवन विमाबारे प्रचार–प्रसाको कमी र जनचेतनाको अभावमा कृषि विमाको महत्व नै कसैले नबुझेको बताए ।
त्यस्तै जनकपुरधाम उपमहानगरपालिका उपमेयर रिता झाले जीवन विमा जीवनकै लागि महत्वपूर्ण रहेको बताइन् । उनले जीवन विमाले परिवारका लागि धेरै नै उपयोगी भएको बताइन् ।
त्यस्तै विमा समितिका अध्यक्ष चिरिञ्जिवी चापागाईले प्रदेश नम्बर २ कृषि क्षेत्र रहेपनि यस प्रति सरोकारवालाले वास्ता नगर्दा आर्थिक समृद्धिको बाटोतर्फ अग्रसर हुन कठिनाई भएको बताए ।
उनले समाजमा विमाबारे यथेष्ट कार्यक्रम तथा जनचेतनाको फलस्वरुप आम मानिसमा विमाबारे बुझेपनि यसको उपयोग र उपयोगीबारे अझै पनि अग्रसर हुन नसकेको प्रष्ट्याए । यस अन्तरक्रिया कार्यक्रममा ३ दर्जन भन्दा बढि जनकपुरमा सक्रिय विमा कम्पनीका प्रतिनिधिसहित ५ सयभन्दा बढी प्रतिनिधि तथा अभिकर्ताहरुको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवल उपमहानगरमा ४ भाषामा नागरिक बडापत्र
-
मध्यपूर्वमा भड्कियो युद्ध, को हुन् हिजबुल्लाह ?
-
‘मेयर’ले राजनीतिक फिल्मको असली स्वाद पस्किन्छ : दीपेन्द्र
-
एक दिनमा कति लिटर पानी पिउनुपर्छ ?
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : चौथो जितसँगै बागमती प्रदेश पहिलो स्थानमा
-
आलोचनापछि गृहमन्त्री लामिछानेले भने : हिजोका अभिव्यक्तिहरूको गोताखोरी गर्नै पर्दैन