बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

साग महिला फुटबल टोलीको घोषणा

शनिबार, २३ कात्तिक २०७६, १३ : २८
शनिबार, २३ कात्तिक २०७६

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली महिला फुटबल टोलीको घोषणा गरेको छ । टोलीका प्रमुख प्रशिक्षक हरि खड्काले शनिबार २० सदस्यीय अन्तिम टोलीको घोषणा गरेका छन् ।

महिला टोली सागका लागि लामो समयदेखि तयारीमा रहेको थियो । प्रशिक्षणमा रहेका ३० खेलाडीबाट अन्तिम टोली तयार पारेको प्रशिक्षक खड्काले बताए । महिला टोलीले पोखरामा अभ्यास गर्दै आएको थियो । खेलाडीको प्रदर्शनका आधारमा टोलीमा समावेश गरिएको पनि बताए । सागमा महिला फुटबल पोखरामै हँदैछ ।

नेपाल महिला सागको अघिल्ला तीन संस्करणकै उपविजेता टोली हो । तीनवटै संस्करणको फाइनलमा नेपाल भारतसँगै पराजित बन्दै आएको छ । यसपटक नेपालले स्वर्ण जित्ने लक्ष्यका साथ तयारी गरेको प्रशिक्ष खड्काले दावी गरेका छन् ।

नेपाली टोली

गोलरक्षक – अन्जली तुम्बापो सुब्बा, अन्जना रानामगर र उषा नाथ

रक्षक – गिता राना, पुमना जर्घामगर, आरती जैसी, हिराकुमारी भुजेल, कविता धिमाल, मनमाया लिम्बु र पुजा राना

मिडफिल्डर – रेणुका नगरकोटी, दीपा राई, सरु लिम्बु, इन्दिरा राई, अनिता बस्नेत, मन्जली योन्जन रविमला चौधरी

स्ट्राईकर– सवित्रा भण्डारी, निरु थापा र अनिता केसी ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप