बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अठार लाखसहित तीन भारतीय पक्राउ

शनिबार, २३ कात्तिक २०७६, १२ : ०८
शनिबार, २३ कात्तिक २०७६

जिल्ला प्रहरी कार्यालयले शुक्रबार सीमा क्षेत्रबाट स्रोत खुलाउन नसकेको रु १८ लाख नेपाली रुपैयाँसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

प्रहरीले वीरगञ्जको रजतजयन्ती चोक नजिकैबाट स्रोत खुलाउन नसकेकको रकमसहित भारत विहारसुगौली निवासी बिक्की कुमार, रक्सौल नागारोड निवासी सुधीरकुमार र शहीद आलमलाई पक्राउ गरेको हो ।

 भारतीय नम्बर प्लेटबी आर ०५ एस ३७९२, बीआर ०५ बी १४४४ र बी आर ०६ ऐ आर ३७८९ नम्बरको मोटरसाइकलमा रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेका तीनै जना भारतीय नागरिकलाई रोकी जाँच गर्दा जनही रु छ लाखका दरले कूल रु १८ लाख नेपाली बरामद् भएपछि आवश्यक अनुसन्धानका लागि तीनै जनलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए । 

उनले बरामद् गरेको रुपैयाँबारे बिक्की, सुधीर र शहीदले स्रोत खुलाउन नसेकेपछि जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान अगाडि बढाइएको बताए । 

बरामद गरिएको रुपैयाँ अवैध मुद्रा ओसारपसार (हुण्डी) कारोवारमा संलग्न रकम भएको प्रहरीले आशङ्का व्यक्त गरेको छ । सीमा क्षेत्रमा पछिलो समय हुण्डीको कारोवार बढ्दै गएको र बरामद भएको रुपैयाँ सोही कारोवारको हुनसक्ने प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप