शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आयोध्याको विवादित भूमिबारे फैसलाः मोदीद्वारा शान्तिको अपील

शनिबार, २३ कात्तिक २०७६, १२ : ००
शनिबार, २३ कात्तिक २०७६

एजेन्सी । भारतको सर्वोच्च अदालतको अयोध्याको विवादित बाबरी–रामजन्मभूमि प्रकरणमा ऐतिहासिक फैसला सुनाएको छ । 

भारतीय सर्वोच्च अदालतका मुख्य न्यायाधीश रन्जन गोगोइको अध्यक्षतामा बनेको पाँच सदस्यीय न्यायिक बेन्चले यो फैसला गरेको हो । 

समाचारअनुसार अयोध्याको विवादित २.७७ एकड जमिन हिन्दू पक्षलाई मन्दिर बनाउन दिने सर्वोच्च अदालतले अन्तिम फैसला सुनाएको हो । 

अदालतले केन्द्रीय सरकारलाई तीन महिनाभित्र ट्रष्ट बनाएर त्यसलाई कार्यान्वयन ल्याउन निर्देशन दिएको छ ।  

यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यासम्बन्धमा सर्वोच्चको फैसला स्वीकारिनुपर्ने बताएका छन् । 

मोदीले उनको ट्वीटमा लेखेका छन् ,‘ देशको न्यायपालिकाको मान–सम्मानालाई सर्वोपरी राख्दै समाजका सबै पक्षले हिजोको दिनमा सौहार्दपूर्ण र सकारात्मक वातावरण बनाउनको लागि जुन प्रयास गरे, त्यो स्वागत योग्य छ । अदालतको निर्णयपछि पनि हामीले सौहार्दपूर्ण अवस्था कायम राख्नुपर्छ । ’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप