मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

१९७४ एडीको नयाँ एल्बम ‘निरन्तरता’ सार्वजनिक (पूरा एल्बमसहित)

शनिबार, २३ कात्तिक २०७६, ११ : ११
शनिबार, २३ कात्तिक २०७६

नेपालको चर्चित ब्यान्ड १९७४ एडीको १० औं स्टुडियो एल्बम निरन्तरता सार्वजनिक भएको छ । ब्यान्डले राजधानीमा एक कार्यक्रम आयोजना गरी शुक्रबार राती एल्बम सार्वजनिक गरेको हो ।

ब्यान्डले आफ्नो नयाँ एल्बम आफ्नो आधिकारिक युट्युब च्यानलमा पोष्ट गरेको छ ।

ब्यान्डमा जम्मा सातवटा गीत छन् । मान्छेको जीवन, माया बिसाउने, यो जिन्दगी, सपनाको, जिउन देउ, सानीको बोलको गीत छन् । स्मरण रहोस्, सानीको भन्ने गीत १९७४ एडीको अघिल्लो एल्बम ‘हजार सपना’ मा रोहित जोन क्षेत्रीले गाएका थिए । यस्तै, मनोज सिंहले कम्पोज गरेको ब्लिस (इन्स्ट्रुमेन्टल) पनि यसमा समावेश गरिएको छ ।

एल्बमलाई टुबोर्गले प्रोड्युस गरेको हो भने काठमाडौं ज्याज कन्जर्भेटिभ क्याटज्याज रेकर्डस्मा रेकर्ड भएको हो ।

यसमा अडियो प्रोडक्सन इन्चार्ज मनोज कुमार केसी हुन् भने मनोज कुमार केसी र मञ्जिल बिक्रम केसीले रेकर्ड गरेका हुन् ।

ब्यान्ड पुनर्मिलन भएर एल्बम निकालेपछि १९७४ एडीका प्रशंसक निकै उत्साहित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप