शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘अकुपाई टुँडिखेल’ अभियान : अतिक्रमणविरुद्ध बनाइयो मानवसाङ्लो (फोटोफिचर)

शनिबार, २३ कात्तिक २०७६, ११ : १८
शनिबार, २३ कात्तिक २०७६

काठमाडौँ । दिन प्रतिदिन हुँदै आएको टुँडिखेल अतिक्रमणविरुद्ध प्रदर्शन भएको छ । शनिबार बिहान टुँडिखेलमा भेला भएका सरोकारवालाले अतिक्रमण रोक्न सरकारलाई ध्यानाकर्षण गराए । 

 ‘अकुपाई टुँडिखेल’ नाम दिइएको नागरिक स्तरबाट आयोजित अभियानका क्रममा सहभागीले मानवसाङ्लो बनाएर टुँडिखेललाई घेरेका थिए । 

सो क्रममा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई,  भिमसेनदान प्रधान, गगन थापा, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की, प्राध्यापक केदारभक्त माथेमा लगायतको समेत सहभागीता रहेका थियो । 

कार्यक्रममा सहभागीले ‘टुँडिखेल अब लिनेछ जनताले फिर्ता’ ‘पुर्खाको नासो जनताको हक’, ‘खुल्ला ठाउँलाई खुल्लै राखौं’, लगायतका नारा नारा अंकित प्लेकार्ड बोकेका थिए । 

सो अवसरमाअकुपाई टुँडिखेल अभियान शनिबारदेखि सुरु भएको र तीन महिनासम्म हरेक शनिबार निरन्तर जारी रहने जानकारी दिइयो । 

पछिल्लो समय टुँडिखेल विभिन्न नाममा अतिक्रमणको चपेटामा परेपछि सरोकारवालाले टुँडिखेल बचाउन सरकारलाई दवाव दिने उद्देश्यका साथ अभियान सञ्चालन गरेका हुन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप