बार्सिलोनालाई पछि पार्दै सोसियडाड शीर्ष स्थानमा
शनिबार, २३ कात्तिक २०७६, १० : ३६
रियल सोसियडाड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । सुक्रबार राति भएको खेलमा रेलिगेसन टोली लेनागेससँग १–१ गोलको बराबरी खेल्दै सोसियडाडले शीर्ष स्थान कब्जा गरेको हो ।
रियलले बार्सिलोनालाई एक अंकले पछि पारेको छ । सोसियडाडका लागि माइकल मेरिनोले ६३औ मिनेटमा गोल गरेका थिए । त्यसपछि लेगानेसका युसुफ इन नेसरीले ७८औ मिनेटमा बराबरी गोल गरेका थिए ।
बराबरीसँगै सोसियडाडले १३ खेलबाट २३ अंक बनाएको छ । ११ खेल सक्दै दोस्रो स्थानमा रहेको बार्सिलोनाको २२ अंक छ । तेस्रो स्थानमा रहेको रियल म्याड्रिडको पनि २२ अंक छ । सोसियडाडलाई बराबरीमा रोकेको लेगानेस ६ अंक सहित तालिकाको अन्तिममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल