
नीता अम्बानीको पहिलो प्रेम

नीता अम्बानी रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानीकी श्रीमती हुन् । उनी अरबपति श्रीमानकी श्रीमती मात्र होइनन् उनी आफै सक्षम व्यवसायी पनि हुन् । उनी भारतकै सबैभन्दा धनी महिलाको सूचीमा पर्छिन् । साथै उनी धीरुभाई अम्बानी अन्तर्राष्ट्रिय विद्यालयकी संस्थापक पनि हुन् ।
सन् १९६३ को नोबेम्बर महिनाको १ गते जन्मिएकी नीताको पहिलो पटक भरतनाट्यमसँग प्रेम बस्यो । उनकी आमा पूर्णिमा दलाल शास्त्रीय संगितमा पोख्त थिइन् । आमासँगै गुजराती परिवारमा हुर्किएकी नीतालाई पनि सानैदेखि संगितमा लगाव थियो र प्रेम पनि । उनी आज पनि आफ्नो पहिलो प्रेमको रुपमा भरतनाट्यमलाई मान्छिन् ।
त्यसपछि उनको जीवनमा मुकेश अम्बानीको आगमन भयो । फिल्मको कथाजस्तै उनीहरुको प्रेमकहानीले सन् १९८५ को मार्च महिनाको ८ गते विवाहको रुप पाएको थियो । पिता धिरुभाई अम्बानीको रोजाइमा परेकी नीतालाई मुकेश अम्बानीले बीचसडकमा नै प्रेम प्रस्ताव राखेका थिए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ