प्रिमियर लिगमा वाटफोर्डको पहिलो जित
रेलिगेसनको मारमा रहेको वाटफोर्डले इङ्लिस प्रिमियर लिग फुटबलमा पहिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा वाटफोर्डले नर्विच सिटीलाई उसकै मैदानमा २–० गोलले हरायो ।
वाटफोर्डको जितमा जेरार्ड डेउलोफेउले खेलको दोस्रो मिनेटमै सुरुवाती गोल गरे । ५२औं मिनेटमा आन्द्रे ग्रेले गोल गर्दै वाटफोर्डको अग्रता दोब्बर बनाएका थिए । त्यसपटि वाटफोर्ड १० खेलाडीमा समेटिएर पनि अग्रता जोगायो । ६५औं मिनेटमा क्रिस्टियन कावासेले दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए । नर्विचले वाटफेर्डको कमजोरीमा फाइदा उठाउन सकेन ।
यस जितसँगै १२ खेलबाट आठ अंक बनाएको वाटफोर्ड १८औं स्थानमा छ । वाटफोर्डे अझै रेलिगेसन छल्न सकेको छैन । सात अंक बनाएको नर्विच पनि तालिकाको अन्तिममा छ । शीर्ष स्थानमा रहेको लिभरपुलले ११ खेलबाट ३१ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २५ तथा तेस्रो र चौचो स्थानमा रहेको लेस्टर सिटी र चेल्सीको समान २३ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षाको मुखमा त्रिविका विभिन्न क्याम्पसमा तालाबन्दी
-
ट्रम्पको मुद्दा चलिरहेको अदालतबाहिर एक व्यक्तिद्वारा आत्मदाहको प्रयास
-
पिसाबमा जलन र पहेँलोपन : कसरी बच्ने ?
-
छोरी बलिउडमा आओस् भन्ने चाहँदैनन् सञ्जय
-
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
-
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, यस्ता छन् छलफलका एजेन्डा