बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

डा.गोविन्द केसी अस्पताल भर्ना

शुक्रबार, २२ कात्तिक २०७६, २२ : ११
शुक्रबार, २२ कात्तिक २०७६

डडेल्धुरा-चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि  उनलाई अस्पताल भर्ना गरिएको छ । सोमबारदेखि डडेल्धुरामा १७ औँ चरणको अनशन शुरु गरेका डा केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आज साँझ डडेल्धुरा अस्पताल भर्ना गरिएको हो ।

डा.केसीको रक्तचाप तलमाथि भइरहेकाले उनको सहमतिमा अस्पतालमा भर्ना गरिएको सो अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जीतेन्द्र कँडेलले जानकारी दिए । प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल र स्थानीय प्रसाशनको रोहबरमा डा.केसीलाई अस्पताल भर्ना गरिएको डा.कँडेलले बताए ।

चिसोका कारण डा.केसीको स्वास्थ्यमा समस्या देखिएको उनका भाइ किशोरले बताए । डा.केसीले अस्पतालबाटै अनशन जारी राख्ने उनले बताए । सात बुँदे माग राखी डा.केसीले कात्तिक १८ देखि अनशन थालेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप