नेपालको यू–१९ टोलीले भारतमा खेल्ने
काठमाडौं – भारतको हैदराबादमा कार्तिक २५ देखि मंसिर १ गतेसम्म हुने यू–१९ च्यालेन्जर सिरिजमा सहभागिता जनाउन नेपाली क्रिकेट टोली शनिबार बिहान भारत जाँदैछ ।
टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का महासचिव अशोकनाथ प्याकुरेलले सुक्रबार विदाई गरेका छन् । प्रतियोगितामा नेपालले भारतको तीन वटा टोलीसँग प्रतिस्पर्धा गर्नेछ । भारतको आधिकारिक यू–१९ प्रतियोगिता रहेको यस प्रतियोगितामा भारत रातो, भारत निलो र भारत पहेंलोसँगै नेपालबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा भारतका शीर्ष यू–१९ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । लिग चरणका शीर्ष दुई टोलीबीच उपाधिभिडन्त हुनेछ ।
नेपाली टोली
रित गौतम (कप्तान), लोकेश बहादुर बम, तृतराज दस, विशालविक्रम केसी, खड्क बहादुर बोहोरा, अभिषेक बस्नेत, हरिबहादुर चौहान, अरुण ऐरी, कुशल मल्ल, विवेक कुमार यादव, सागर ढकाल, तिलकराज भण्डारी, शेर मल्ल, आकाश चन्द, प्रतिस जिसी र गौतम केसी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकासका लागि प्रतिबद्ध छौँ : गभर्नर अधिकारी
-
विश्वभर २८ करोड २० लाख मानिस भोकमरीको चपेटामा
-
नेपाल सम्बन्धी अमेरिकी प्रतिवेदन: तिब्बती शरणार्थीको अधिकारदेखि न्यायालयमा घुससम्म प्रश्न
-
फेरि ह्वात्तै बढ्यो सुनको मूल्य
-
आईपीएलमा आज : बलियो कोलकातालाई उसैको घरमा पञ्जाबको चुनौती
-
जेठमा ‘नेपाल फेसन फेस्टिभल’ आयोजना हुने