कलाकार मनोज गजुरेलले जोगी बनेर बुझाए करको महत्व
काठमाडौं– सिस्नुपानी नेपालले कर सचेतनाका लागि ‘करमैत्री यात्रा’सुरु गरेको छ । विभिन्न हाँस्य प्रस्तुति रहेको यात्राको दोस्रो दिन सिस्नुपानीले शुक्रबार ललितपुरको स्टाफ कलेजमा ‘करमैत्री यात्रा’ कार्यक्रममा आयोजना गरेको छ ।
आन्तरिक राजस्व बिभाग लाजिम्पाटको आयोजना रहेको कार्यक्रममा सिस्नुपानीका कलाकारले गीत, कविता, प्रहसनमा ब्याङ्ग्यात्मक रुपमा प्रस्तुत गर्दै करका बिषयमा सचेतना फैलाउने काम गरे । राष्ट्रगानबाट सुरु भएको कार्यक्रमको सुरुमा कलाकार शिशिर योगीले ‘हे आमा नेपाल तिमीलाई’ राष्ट्रिय गीत र ‘जतिसुकै नाम कमाउन’ बोलको भ्रष्टाचार विरोधी गीत प्रस्तुत गरेका थिए । उनको प्रस्तुतिमा दर्शक मज्जाले झुमेका थिए ।
त्यस्तै कार्यक्रममा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले ‘कर पुराण’ शीर्षकको प्रस्तुतिमार्फत कर छल्ने र भ्रष्टाचारीको उछितो काट्दा दर्शक पेट मिचिमिचि हाँस्न बाध्य भए । उनले विभिन्न धार्मिक प्रसंगसँग जोड्दै कर छल्नेका लागि डरको पोको ‘कर पुराण’ हाँस्य प्रस्तुतिमार्फत राख्दा हल हाँसोले गुन्जायमान भएको थियो । करिब १५ मिनेको प्रस्तुति दिएका गाम्नागेले करको दुरुपयोग गर्नेले जिउँदै र मरेपछि पनि सुख नपाउने बुझाए ।
बरिष्ठ हाँस्यकलाकार मनोज गजुरेलले फेरी लगाउने जोगीको भेषमा करका लागि राज्यदेखि सर्वसाधारणको कतव्र्य हाँस्य प्रहसनमार्फत बुझाएका थिए । सिस्नुपानी नेपालका उपाध्यक्ष धिरेन्द्र प्रेमर्षीले चर्चित फिल्मी गीत ‘कुटुमा कुटु सुपारी दाना’को रिमेक गरेर कर छलीको विरोध गरे । उनको गीतले दर्शक हँसाउन समेत सफल देखिन्थ्यो ।
कार्यक्रममा अर्जुन पराजुली, टंक आचार्य , सरोज घिमिरे लगायतको समेत दमदार प्रस्तुति समावेश थियो । आन्तरिक राजस्व कार्यालय ललितपुर १ नम्बरका प्रमुख लालबाबु खत्रीको बिषेश पहलमा ‘करमैत्री यात्रा’ कार्यक्रम सुरु भएको सो अवसरमा जानकारी दिइयो ।
कार्यक्रममा आन्तरिक राजस्व विभाग ललितपुर १ नम्बरका प्रमुख लालबाबु खत्रीले कार्यक्रमको महत्व र उद्धेश्यको बारेमा प्रष्ट पारेका थिए । खत्रीले कार्यक्रमले व्यवसायी, उद्योगीदेखि सर्वसाधारणलाई समेत कर तिर्न प्रेरणा दिने बताए ।
बिहिबार काभ्रेको बनेपाबाट सुरु भएको हाँस्यव्यंग्यत्मक ‘करमैत्री यात्र’ सिस्नुपानीले देशको विभिन्न १५ स्थानमा सञ्चालन गर्नेछ ।
‘हाँस्यव्यङ्ग्य मार्फत कर तिरौँ करको सदुपयोग गरौं भन्ने करमैत्री यात्राको मुख्य उद्धेश्यले रहेको सिस्नुपानीले जानकारी दियो । अभियान अगामी मंसिर ७ गते शुक्रबार काठमाडौमा आएर सकिनेछ । समापनको दिन बिषेश प्रस्तुत समेत रहने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई