बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियाको सानदार जित

शुक्रबार, २२ कात्तिक २०७६, १९ : २१
शुक्रबार, २२ कात्तिक २०७६

काठमाडौं– पाकिस्तानविरुद्ध तीन खेलको टी–२० सिरिज अष्ट्रेलियाले जितेको छ । तेस्रो तथा अन्तिम खेलमा शुक्रबार अष्ट्रेलियाले पाकिस्तानलाई १० विकेटले हरायो । यससँगै अष्ट्रेलियाले सिरिज २–० ले कब्जा जमाएको हो ।

एकसय सात रनको सामान्य विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ११.५ ओभरमा विना विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले अविजित ५२ रन बनाए । डेविड वार्नरले अविजित ४८ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ६ रन बनाएको थियो ।

पाकिस्तानका लागि इफ्तिखार अहमदले ४५ र ओपनर इमाम उलहकले १४ रन बनाए । अन्य ब्याट्सम्याने दोहोरो संख्यामा रन बनाउन सकेनन् । अष्ट्रेलियाका केन रिचड्सनले तीन, मिचेल स्टार्क र सीन एर्बोटले दुई दुई विकेट लिए । एस्टोन अगरले एक विकेट लिएका थिए । यसअघि पहिलो खेल बर्षाको कारण रद्ध भएको थियो । दोस्रो खेलमा अष्ट्रेलिया सात विकेटले विजयी भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप