शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डले भने– माओवादीले जित पचाउन सकेन

शुक्रबार, २२ कात्तिक २०७६, १८ : ४४
शुक्रबार, २२ कात्तिक २०७६

पोखरा । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले जित पचाउन नसकेको बताएका छन् । पार्टी एकतामा जानुअघि चुनावको स्मरण गर्दै उनले जनताले दिएको विश्वासलाई कायम गर्न नसक्दा तत्कालीन माओवादी फुटमा पुगेको बताएका हुन् । शुक्रबार पोखरामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भने, ‘जित पचाउन नसक्दा माओवादीको यो हालत भयो ।

माओेवादीको ठाउँमा एमाले आयो, एमालेको ठाउँमा माओवादी ।’ तत्कालीन एमाले पनि एक्लै चुनाव जित्ने मानसिकतामा रहेको बताउँदै तत्कालीन एमाले र माओवादीको एकीकरणले नै सरकारले दुई तिहाई ल्याएको उल्लेख गरे । दुबै पार्टीको सिङ भाच्चिएपछि मात्रै एक भएको तर्क गर्दै उनले भने, ‘ठेस लागेपछि यहाँनेर ठेस लाग्छ भनेर बुद्धि पस्छ,’ उनले भने, ‘हारपछि मात्रै पार्टी एकता गर्नुपर्छ भन्ने चेतना आएको हो ।’ 

पार्टी एकिकरणलाई पूर्णता दिन बाँकी नै भएपनि अनेक भ्रमका बीचमा पार्टी एकिकरण गरेको उनले दाबी गरे । पहिले बोलचाल पनि नभएको पार्टीको एकता हुन्छ भनेर कसैले पनि नसोचेको उनले सुनाए । ‘पहिला बोलचाल पनि नभएका साथीहरु एउटै विस्तरामा पनि सुत्न थाल्यौ,’ उनले भने । दुई कम्युनिष्टको एकिकरण नेपालको लागि महत्वपूर्ण रहेको उनले दाबी गरे । अब छिट्टै नेपाल समाजवादतर्पm लम्किदै जाने उनले बताए । 
कम्युनिष्टको एकता बुर्जवाहरुले भाँड्न खोजेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले कसैसँग मागेर नभई लडेर देशमा संघीयता ल्याएको उल्लेख गरे । कम्युनिष्टहरुलाई विजय यात्राबाट कम्युनिष्टहरुले नै बद्मासी गरे मात्रै रोक्न सकिने बताउँदै प्रचण्डले गुटबन्दी र जनताको बीचमा जान कहिले पनि छोड्न नहुने उल्लेख गरे । 

कास्की २ मा हुन लागेको उपनिर्वाचनको प्रसङ्गमा उनले विद्याको लागि मात्र नभई सिंगो पार्टीको लागि उपनिर्वाचन महत्वपूर्ण रहेको सुनाए । उपनिर्वाचनले पार्टी एकता सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यो अधिकारको सदुपयोग गर्न समेत कार्यकर्तालाई आग्रह गरे । ‘उपनिर्वाचनबाट देशभरिका गुटवाद, फुटवाद विरुद्धको एकता पनि अन्त्य हुने छ,’ उनले भने । पार्टी र राष्ट्रलाई नै उपनिर्वाचनले एकताबद्ध गर्ने उनको भनाई छ । 

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले विद्याको पछाडि पार्टी मात्र नभई सिंगो राष्ट्र नै लागेको र यो अवसर निकै कम मात्र भेटिने बताए । उपनिर्वाचनका लागि घर–घर, टोल टोलमा पुगेर मतदानतासँग भोट माग्न समेत उनले कार्यकर्तालाई निर्देशन दिए । नेकपाका कास्की अध्यक्ष कृष्ण थापाले अघिल्लो चुनावको मतान्तरमा ५ हजार बढी मत थपेर चुनाव जित्ने दाबी गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप