शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको लज्जासपद हार

शुक्रबार, २२ कात्तिक २०७६, १८ : २०
शुक्रबार, २२ कात्तिक २०७६

काठमाडौं– प्रथम श्रेणी तीन दिवसीय खेलमा घरेलु टोली नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग लज्जास्पद हार बेहोरेको छ । नेपाल एमसीसीसँग दुई सय ८ रनको फराकिलो अन्तरले पराजित भयो । तीन सय ९३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४१ ओभरमा एक सय ८४ रनमा अल आउट भएको थियो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधि ५१ रनको योगदान दिए । ओपनर तथा विकेटकीपर राजु रिजाल पाँच चौका सहित ३१ रन बनाए ।  शरद भेषवाकर १५, ज्ञानेन्द्र मल्लले ६ रन मात्र बनाउन सकेन । विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी र पवन सरार्फ शून्यमा आउट भएका थिए ।

तल्लोक्रममा सोमपाल कामी र करण केसीले आठौं विकेटका लागि ४६ रनको सझेदारी गरेका थिए । ३२ ओभरमा करण केसी १८ रनमा एलबी डब्लू आउट भए । सन्दीपले एलेक्स थम्सपनलाई ३४ ओभरको तेस्रो, चौथो बलमा छक्का तथा पाँचौ बलमा चौका प्रहार गरेका थिए । सन्दीप ४० औं ओभरमा २५ रनमा एलबी डब्लू धरापमा परे । नवौं विकेटका लागि सोमपाल र सन्दीपले ५० रनको साझेदारी गरेका थिए । एमसीसीका ओलिभर डल्बी एक्लैले पाँच विकेट लिएका थिए ।

एमसीसीले ३६ ओभरमा एक सय ८१ रन जोड्न ६ विकेट गुमाएको अवस्थामा दोस्रो इनिङ समाप्तीको घोषणा गरेको थियो । उसका टम वेस्ट्ली ३४, माइल्स हामान्ड ११, एड योङ ३१, विल रोड्स ३० र बिली गोडलम्यान ३९ रनमा आउट भए । नेपालका तीबकरण केसीले तीन, सोमपाल कामी, ललित नारायण राजवंशी र पवन सरार्फले एक– एक विकेट लिए ।

नेपाल पहिलो इनिङमा ४४.४ ओभरमा एक सय ५३ रनमा अल आउट भएको थियो । लेग स्पिनर सन्दीप लामिछानेले ३९ रनमा अविजित रहे । विनोद भण्डारी ३६, सोमपाल कामी २६ र आरिफ शेख १० रनमा आउट भए । एमसीसीका यासिर अराफात र एलेक्स थम्पसनले समान तीन विकेट लिएका थिए ।

एमसीसी पहिलो इनिङमा तीन सय ६४ रनमा अल आउट भएको थियो । उसका यासिर अराफात ६५, विल रोड्स ७३, माइल्स हमान्ड ५२, विल भानडसपार ५३ र टम वेस्ट्लीले ३९ रन बनाएका थिए । नेपालका सन्दीप लामिछाने र करण केसीले समान तीन विकेट लिए । सोमपाल कामी र करण केसीले दुई दुई विकेट लिए । नेपालले १४ बर्षपछि प्रथम श्रेणीको खेल खेलेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप