मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

रुप ज्योतिलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश

शुक्रबार, २२ कात्तिक २०७६, १६ : ३४
शुक्रबार, २२ कात्तिक २०७६

काठमाडौं– काठमाडौं जिल्ला अदालतले उद्योगी एवं पूर्व अर्थसहायक मन्त्री रुप ज्योति र उनकी छोरी सुरुची ज्योतिलाई तीन दिन थुनामा राखेर मुद्दाको अनुसन्धान गर्न आदेश दिएको छ ।

हाउजिङ निर्माणमा ठगी गरेको आरोपमा पक्राउ परेका रुप र उनकी छोरी सुरुचीलाई शुक्रबार जिल्ला अदालत काठमाडौंले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौंलाई अनुमति दिइएको हो ।

परिसरका डीएसपी होबिन्द्र बोगटीले अदालतको आदेशपछि आरोपीविरुद्धको उजुरीमा अनुसन्धान अगाडि बढाइने बताएका छन् ।

ठगी आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौँले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार  पक्राउ गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप