उपत्यकामा सवारी साधनको बाटो निर्धारण हुन सकेन
काठमाडौं– काठमाडौँ उपत्यकामा कुन मार्गमा कस्ता र कति मात्रामा सवारी साधन चल्ने भनी निर्धारण हुनसकेको छैन । मार्ग निर्धारण हुन नसक्दा कतिपय मार्गमा आवश्यकताभन्दा बढी सवारी साधन हुँदा सवारी चाप बढी छ भने ग्रामीण क्षेत्रमा सवारी साधन कम मात्रै चल्दा स्थानीयवासी हैरान छन् ।
डेढ वर्ष पहिले यातायात व्यवसायीको एकाधिकार तोडेसँगै यातायात व्यवस्था विभागले मार्ग निर्धारणका लागि अध्ययन गरे पनि त्यसको प्रतिवेदन आउन सकेको छैन । मार्ग निर्धारण नभएर व्यवसायीले चाहेको स्थानमा सवारी साधन चलाउँदा बढी नाफा हुने ठाउँमा मात्रै व्यवसायी जाने गर्दा समस्या भएकोे विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।
पहिले यातायातको व्यवस्थापन नेपाल सरकारले मात्रै गर्ने भए पनि अहिले प्रदेश सरकार र स्थानीय तहको पनि कार्यक्षेत्रमा पर्ने उनको भनाइ छ । उनले भने, ‘तीनै तहका सरकारले आपसी छलफल र समन्वयमा रुट निर्धारण गर्न सकिन्छ ।’ उपत्यकाको सवारी साधनको व्यवस्थापनकै लागि सरकारले गत वर्ष राष्ट्रिय यातायात प्राधिकरणको गठन गर्ने निर्णय गरे पनि गठन हुनसकेको छैन ।
पाँच वर्षका लागि काठमाडौँ उपत्यकाको सवारी व्यवस्था व्यवस्थापन र नियमन गर्नका लागि प्राधिकरण गठन गर्ने भनिएको थियो । प्राधिकरण गठन नहुँदासम्म स्थानीय तह र प्रदेशसँग मिलेर विभागले नै काम गर्ने महानिर्देशक हमालको भनाइ छ । विभाग मातहत रहेका यातायात व्यवस्था कार्यालय पनि सरकारले गत वर्ष नै प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक
-
एसइईका लागि बैतडीमा २७ परीक्षा केन्द्र तोकिए