शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

समाजवादी विद्यार्थी युनियनले जलायो भारतीय प्रधानमन्त्री मोदीको पुत्ला (भिडियो)

शुक्रबार, २२ कात्तिक २०७६, १५ : ५५
शुक्रबार, २२ कात्तिक २०७६

काठमाडौँ । भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामानेपालको भूभाग गाभिएको विरोधमा समाजवादी विद्यार्थी युनियनले त्रिवि केन्द्रीय क्याम्पसमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन समेत गरेका छन् ।

भारतको नयाँ नक्साले नेपालको भूभाग अतिक्रमण गरेको भन्दै यसबेला देशभर प्रदर्शनहरु भइरहेका छन् । केही दिनअघि भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालका कालापानी,लिपुलेक,लिम्पियाधुरालाई समेत राखिएको छ । तस्बिरः रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप