रुपन्देहीमा लागुऔषधसहित २ जना पक्राउ
बुटवल– रुपन्देहीको सैनामैना नगरपालिकाबाट अवैध लागुऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत कात्तिक २० गते सैनामैना ६ कलौनीबाट ६२४ मिलिग्राम ब्राउन सुगर नामक लागुऔषध सहित २ जना पक्राउ गरि आज सार्वजनिक गरिएको हो ।
पक्राउ पर्नेमा सैनामैना नगरपालिका वडा न ५ बस्ने वर्ष ३० का रमेश हमाल र वडा न ६ बस्ने वर्ष ३५ का अशोक परियार रहेका छन् । पक्राउ पर्ने दुवैलाई लागूऔषधसम्बन्धी मुद्धा दर्ता गरि कानुनी कार्वाही अघि बढाउने इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक रविनराज मैनालीले जानकारी दिए ।
यता,रुपन्देहीको ओमसतिया गाउँपालिकाको ठुटीपिपलमा मापसे चेकिङ्गमा खटिएका प्रहरीलाई घुस दिने खोज्ने व्यक्रि पक्राउ परेका छन् । सडकमा मोटरसाईकल चेकजाँच गर्ने क्रममा बुटवल १५ का नारायण भुषाल र ओमसतिया गाउँपालिका बाड नम्बर १ बस्ने २८ वर्षीय मनिष चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
उनीहरुले प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोजेका थिए । उनीहरुलाई (मुलुकी अपराध संहिता ऐन ) २०७४ को फौजदारी कसुर अन्तर्गत परिच्छेद ५ को दफा ११८ को उपदफा १ विपरित कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार