बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य मन्त्रालयद्वारा समायोजन सूचि सार्वजनिक

शुक्रबार, २२ कात्तिक २०७६, १३ : १७
शुक्रबार, २२ कात्तिक २०७६

कात्तिक– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघ अन्तर्गत परेका स्वास्थ्यकर्मीहरुको समायोजन सूचि सार्वजनिक गरेको छ ।

लामो समयदेखि समायोजनको झमेला झेल्दै आएको स्वास्थ्य मन्त्रालयले आज संघ अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको समायोजन सूची सार्वजनिक गरेको हो । सिनियर अहेव अधिकृत, स्टाफ नर्स र जनस्वास्थ्य निरीक्षकको समायोजन सूचि सार्वजनिक गरिएको छ ।

सिनियर अहेव अधिकृत १३२, स्टाफ नर्समा ७८६ र जनस्वास्थ्य निरीक्षक ३४ जनाको सूची सार्वजनिक गरेको हो । मन्त्रालयले समायोजनको काम समयमा नटुङ्ग्याउँदा देशभरका     स्वास्थ्य सेवामा समस्या देखिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप