शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतीय दूतावास अगाडि प्रदर्शन गर्नेको लर्को : लिपुलेक हाम्रो हो भन्दै पुग्यो अनेरास्ववियू

शुक्रबार, २२ कात्तिक २०७६, १३ : ०४
शुक्रबार, २२ कात्तिक २०७६

काठमाडौँ । भारतले जारी गरेको नयाँ राजनीतिक नक्साले नेपालभित्र ठूलो तरङ्ग पैदा गरेको छ । भारतको नयाँ नक्साले नेपालको भूभाग अतिक्रमण गरेको भन्दै देशभर प्रदर्शनहरु भइरहेका छन् ।

यतिबेला काठमाडौँस्थित भारतीय राजदूतावास क्षेत्र आन्दोलनको केन्द्रविन्दु बनेको छ । विभिन्न राजनीतिक दलसँग आबद्ध विद्यार्थी संगठनहरु एकपछि अर्को गर्दै दूतावासअगाडि पुगेर प्रदर्शन गरिरहेका छन् ।

शुक्रबार बिहान मात्र संयुक्त विद्यार्थी आन्दोलनको नेतृत्वमा दूतावास आगडि भारतको नयाँ नक्सा जलाइएको थियो ।

उनीहरु पछि सत्तारुढ नेकपा निकट अनेरास्ववियूका विद्यार्थीहरु पुगेर विरोध प्रदर्शन गरेका छन् ।


बिहीबार पनि दूतावास अगाडि प्रदर्शन भएको थियो ।

हेरौँ तस्विरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप