भारतीय अधिकारीको दाबी : कालापानी अहिलेमात्र होइन, पहिलादेखि नै भारतको नक्सामा छ
काठमाडौं । भारतका एक अधिकारीले कालापानी अहिलेमात्र भारतको नक्सामा नरहेको दावी गरेका छन् । भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेकलगायतका नेपाली भूभागलाई भारतमा गाभेको भन्दै विरोध भइरहेको समयमा भारतीय अधिकारीले पहिलादेखि नै ती भूभाग भारतकै नक्सामा रहेको दावी गरेका हुन् ।
भारतका महासर्वेक्षक एवम् लेफ्टिनेन्ट जनरल गिरिशकुमारले एकतर्फी रुपमा नक्सा प्रशासित नभएको दावीसमेत गरे । उनले पछिल्लो नक्सामा अन्तर्राष्ट्रिय सीमा हेरफेर नभएको दावी गर्दै ती भूभाग पहिलादेखि नै भारतमा रहेको बताए ।
‘हामी प्रत्येक वर्ष नक्शा जारी गर्छौं,’ उनले भने, ‘तपाईं हाम्रो अघिल्ला नक्सा हेर्न सक्नुहुन्छ, अन्तर्राष्ट्रिय सीमा चलाइएको छैन ।’
उनले सात दशकदेखि आफूहरुले मान्दै आएको कुरा नै नक्सामा रहेको दावी गर्दै यस पटक नेपालको अन्तर्राष्ट्रिय सीमामा केही हेरफेर नभएको बताए । ‘हामीले पहिलादेखि नै जे भन्दै आएका छौं, हाम्रो स्थान भनेर जे मान्दै आएका छौं, नक्सामा त्यही देखाइएको छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबको रणनीति स्वदेशी उत्पादनको वृद्धि गरी निर्यात बढाउनु हो : मन्त्री भण्डारी
-
सरकारले ‘नेपाल स्वास्थ्य सम्मेलन–२०२४’ आयोजना गर्दै
-
युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्छ : सभापति देउवा
-
खाता रोक्काको औपचारिक जानकारी छैन : राष्ट्र बैंक
-
यातायात व्यवसायीले तिर्नुपर्ने स्थानीय कर वैज्ञानिक ढंगले निर्धारण गर्न रास्वपाको माग
-
रुस र पूर्वी युरोपमा कम्युनिस्टले आफ्नो धरातल गुमाएकै हो : सर्गेई मलिन्कोभिच