शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतीय दूतावास अगाडि जलाइयो भारतको नक्सा

शुक्रबार, २२ कात्तिक २०७६, ११ : ०७
शुक्रबार, २२ कात्तिक २०७६

काठमाडौँ । भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग अतिक्रमण गरिएको विरोधमा देशभर आन्दोलन जारी रहेको छ ।

यसैक्रममा शुक्रबार राजधानीस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गर्दै विद्यार्थीहरुले भारतको नक्सा जलाएका छन् ।

संयुक्त विद्यार्थी आन्दोलनको ब्यानरमा गरिएको प्रदर्शनमा उनीहरुले अतिक्रमित सम्पूर्ण नेपाली भूमि फिर्ता गर्नुपर्ने मागसहित नारा लगाएका थिए ।

हेर्नुहोस् तस्विर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप