बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मध्यरात बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु, बस चालक फरार

शुक्रबार, २२ कात्तिक २०७६, १० : १७
शुक्रबार, २२ कात्तिक २०७६

काठमाडौं । धादिङमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गल्छी गाउँपालिका–६ महेश दोभानमा बिहीबार राति बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो । विरगञ्जबाट काठमाडौं आउँदै गरेको ना५ख ८८२१ नम्बरको बसले विपरित दिशाबाट जाँदै गरेको बा९९प ८८७९ नम्बरको मोटरसाइकललाई राति २ बजे ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक गल्छी गाउँपालिका–४ बेल्खुका १७ वर्षीय सन्दिप श्रेष्ठलाई उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो ।

दुर्घटना पश्चात् बस चालक फरार रहेको प्रहरीको भनाइ छ । फरार भएका चालकको खोजी भइरहेको प्रहरी चौकी बैरेनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप