बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रोहितले जिताए भारतलाई

शुक्रबार, २२ कात्तिक २०७६, ०८ : २५
शुक्रबार, २२ कात्तिक २०७६

कप्तान रोहित शर्माले सानदार ब्याटिङ गरेपछि बंगलादेशविरुद्धको दोस्रो टी–२० क्रिकेट खेलमा भारत आठ विकेटले वियी भएको छ । यस जितसँगै तीन खेलको टी–२० सिरिजमा भारतले १–१ को बराबरी गरेको छ । बिहिबार राति भएको खेलमा एक सय ५४ रनको विजयी लक्ष्य पछ्याएको भारतले १५.४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

भारतको जितमा ओपनर एवं कप्तान रोहित शर्माले ८५ रन बनाए । रोहितले ४३ बलमा ६ छक्का र ६ चौकाको सहयोगमा उक्त रन बनाएका थिए ।  शिखर धवनले ३१, श्रेयस ऐरले अविजित २४ र केएल राहुलले आठ रन बनाए । बंगलादेशका अमीनुल स्लामले २ विकेट लिए ।

यसअघि राजकोटमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारि २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५३ रन बनाएको थियो । बंगलादेशका लागि मोहम्मद नइमलले ३६ रन बनाए । सौम्य सरकार र कप्तान महमुदुल्लाहले समान ३० र लिटन दासले २९ रन बनाए ।  भारतका स्पिनर युजभेन्द्र चाहलले दुई विकेट लिए । खलिल अहमद, दीपक चाहर र वासिन्टन सुन्दरले एक एक विकेट लिए । यसअघि पहिलो खेलमा बंगलादेशले भारतलाई सात विकेटले हराएको थियो । तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप