केन्द्रीय संस्करण
जीव विज्ञान

के मान्छेको मात्रै रगत खाएर बाँच्ने चमेरो हुन्छ ?

फुल नपार्ने तर चरा जस्तै उड्न सक्ने एक मात्रै स्तनपायी जीव

person explore access_timeकात्तिक २२, २०७६ chat_bubble_outline0

चमेराको फुल कस्तो रंगको हुन्छ ? मेरो भाइले मलाई यो प्रश्न सोध्यो । उनको प्रश्न सुनेर म अकमक्क परें । मैले अनुमानको भरमा जवाफ दिएँ– पहेंलो पहेंलो होला, नत्र खरानी रंगको ।

मेरो जवाफ सुनेर ऊ मरिमरि हाँस्यो । कारण सोध्दा उसले दिएको जवाफ सुनेपछि पो म त झसंग भए ! किनभने, उसको जवाफ थियो– ‘चमेराले फुल नै पार्दैन !’

साँच्चै नै चमेरा चरा जस्तै उड्न सक्ने प्राणी हो, तर यो चरा भने पटक्कै  हैन । यो त विश्वको एक मात्रै उड्ने स्तनपायी जीव हो, जसले चरा जस्तै उडेपनि फुल पार्दैन, सिधैं बच्चा जन्माउँछ । फेरि यसले आफ्नो बच्चालाई दूध पनि खुवाउँछ । त्यति मात्र हैन, यसको चराको जस्तै अनुहार र चुच्चो हुँदैन, यसको अनुहार मूसाको जस्तो हुन्छ र चुच्चोको सट्टामा कुकुरका जस्ता तीखा धारिला दाँतहरु हुन्छन् । फेरि यसको शरीरमा चराको जस्तो प्वाँख नभएर रौं हुन्छन् । यो उड्ने भएकोले झट्ट देख्दा मान्छेहरु चरा भनेर झुक्किए पनि यो काट्टीकुट्टी चरासँग मिल्दैन ।

*******

यो त विश्वको एक मात्रै उड्ने स्तनपायी जीव हो, जसले चरा जस्तै उडेपनि फुल पार्दैन, सिधैं बच्चा जन्माउँछ । फेरि यसले आफ्नो बच्चालाई दूध पनि खुवाउँछ । त्यति मात्र हैन, यसको चराको जस्तै अनुहार र चुच्चो हुँदैन, यसको अनुहार मूसाको जस्तो हुन्छ र चुच्चोको सट्टामा कुकुरका जस्ता तीखा धारिला दाँतहरु हुन्छन् । फेरि यसको शरीरमा चराको जस्तो प्वाँख नभएर रौं हुन्छन् । यो उड्ने भएकोले झट्ट देख्दा मान्छेहरु चरा भनेर झुक्किए पनि यो काट्टीकुट्टी चरासँग मिल्दैन ।

*******

यस्ता विचित्रका शारीरिक बनावट तथा दिनभरि अँध्यारो गुफाहरुमा लुकेर रातिको समयमा मात्रै चलफिल गर्ने जस्ता विशेषताहरुले गर्दा चमेरालाई रहस्यमयको प्राणीको रुपमा विश्वभरिकै अधिकांश मान्छेहरुले लिने गरेका छन् र यसबारेमा अनेकौं अन्धविश्वासहरु पाल्ने गरेका छन् । धेरै जसो स्थानहरुमा चमेरा भनेको पैशाचिक शक्तियुक्त प्राणीको रुपमा मान्ने गरेको पाइन्छ । चमेराले मान्छेको रगत मात्रै खाएर बाँच्छ, त्यसैले त्यस्तो चमेरा सधैं मान्छेमाथि आक्रमण गर्ने मौकाको खोजीमा रहन्छ र त्यस्तो चमेराले टोकेपछि मान्छे ठहरै हुन्छ भन्ने जस्ता  धारणाहरु धेरै मान्छेहरुमा रहने गरेको पाइन्छ ।

के साँच्चै नै यो संसारमा मान्छेको रगत मात्रै खाएर बाँच्ने चमेरा पनि हुन्छ ?

यो प्रश्नको उत्तर खोज्ने हो भने, त्यसको एउटै जवाफ फेला पर्छ– त्यस्तो चमेरा हुँदै हुँदैन । तर एउटा के कुरा चाहिँ सत्य हो भने, यस संसारमा रगत मात्रै खाएर बाँच्ने चमेरा भने हुन्छ । तर त्यो चमेराले मान्छेको रगत हैन, स–साना चराहरु तथा अन्य स्तनपायी जन्तुहरुको मात्र रगत खाने गर्छ । त्यसले मान्छेकै रगत खाएको घटना अत्यन्तै नगण्य छन् ।

त्यसरी अन्य प्राणीहरुको रगत खाएर बाँच्ने चमेरालाई भेम्पायर व्याट भनिन्छ ।

भेम्पायर ब्याटले एउटा कुशल सर्जनले जस्तै आफ्नो शिकारको छालालाई आफ्नो तीखो दाँतको माध्यमले चिर्छ र त्यहाँ सानो घाउ पारिदिन्छ । त्यसले यस्तो घाउ यति कुशलतापूर्वक पारिदिन्छ, शिकारले त्यो कुरा थाहा नै पाउँदैन । विशेष गरी, यसले सुतिरहेको प्राणीको शिकार गर्ने गर्छ । त्यसरी घाउ पारेपछि त्यसबाट निस्केको रगत चाटेर आफ्नो खानाको आवश्यकता पूरा गर्छ ।

https://asknature.org

भेम्पायर ब्याटले एउटा कुशल सर्जनले जस्तै आफ्नो शिकारको छालालाई आफ्नो तीखो दाँतको माध्यमले चिर्छ र त्यहाँ सानो घाउ पारिदिन्छ । त्यसले यस्तो घाउ यति कुशलतापूर्वक पारिदिन्छ, शिकारले त्यो कुरा थाहा नै पाउँदैन । विशेष गरी, यसले सुतिरहेको प्राणीको शिकार गर्ने गर्छ । त्यसरी घाउ पारेपछि त्यसबाट निस्केको रगत चाटेर आफ्नो खानाको आवश्यकता पूरा गर्छ ।

*******

यस संसारमा फेला परेका चमेराका ८५० देखि ९०० प्रजातिहरुमध्ये तीन वटा प्रजातिका चमेराहरु मात्र भेम्पायर ब्याटका रुपमा फेला परेका छन् । चमेराका कूल प्रजातिहरुमध्ये दुई तिहाईले त किरा फट्यांग्राहरु खाएर जीवन निर्वाह गर्छन् भने बाँकी एक तिहाईले त फलफूल, फूलका रस तथा परागकणहरु मात्रै खाने गर्छन् ।

संसारकै सबैभन्दा सानो स्तनपायी जीव

चमेरालाई आकारको आधारमा ठूला (Megabats) र  साना (Microbats) गरी दुई वर्ग र १७ परिवारमा विभाजित गरिएका छन् । तीमध्ये १६ परिवार त साना वर्गमा पर्दछन् ।

चमेरा आर्कटिक क्षेत्र र सुदूर समुद्री टापूहरुलाई छोडेर संसारभरि नै पाइन्छ । सबै ठूला र केही साना चमेराहरु पूर्वी गोलार्द्धमा र अन्य साना चमेराहरु पश्चिमी गोलार्द्धमा पाइन्छन् । केही साना वर्गका चमेराहरु चाहिँ संसारभरि नै पाइन्छन् ।

जाभा प्रायद्वीपमा पाइने ठूला चमेराको फैलिएको पंखाको आकार ५.६ फिटसम्म र शरीरको आकार १६.७ इन्चसम्मको पाइएको छ । अर्कोतिर सानो चमेराको आकार चाहिँ २.९ देखि ३.३ से.मी. र तौल २ ग्रामसम्मको हुन्छ । यो नै संसारको सबैभन्दा सानो स्तनपायी जनावर हो ।

करोड चमेरा एकै समूहमा!

मेक्सिकन फ्रीटेल्स । https://i.ytimg.com/vi/yKb_hZQFgKA

चमेराले गुफा, विशाल एवं झांगिएको रुख, विशाल चट्टानको काप, पुरानो खण्डहर, महल आदिलाई आफ्नो बासस्थान बनाउँछ । कतिपय प्रजातिका चमेराले गुँड बनाउँछ भने दक्षिण एशियामा पाइने एकथरि चमेराले अन्य कुनै कारणले प्वाल परेको बाँसभित्र समेत आफ्नो गुँड बनाउने गर्छन् । कतिपय चमेराहरु छुट्टाछुट्टै बस्ने गरेको पाइन्छ । तर अर्कोतिर, रुख गुफा वा महलमा बस्ने चमेराहरु चाहिँ समूहमा नै बस्ने गर्छन् । चमेरो यस्तो एउटै समूहमा केही हजारदेखि लिएर लाखौंको संख्यामा पनि चमेराहरु रहने गर्छन् । सान एन्टोनिया, अमेरिकाको बार्केन नाम गरेको गुफामा त मेक्सिकन फ्रीटेल्स (Mexican Freetails) प्रजातिका चमेराहरु एकै समूहमा २ करोडको संख्यामा पनि रहेको पाइएको छ । सम्भवतः यो नै विश्वमा चमेराको सबैभन्दा ठूलो समूह हो ।

चमेराको बच्चा

चमेराले बच्चा जन्माउँछ तर यसको बच्चा जन्माउने दर अति सुस्त छ । धेरै प्रजातिका चमेराले एक पटकमा एक वा दुईटा बच्चा जन्माउँछ । कुनै कुनै ठाउँका चमेराले वर्षको एक पटक त कुनै ठाउँकाले वर्षको २ पटक बच्चा जन्माउँछ । एउटा चमेराले बच्चा जन्माउन गर्भाधान भएको ४० देखि ७० दिन लगाउँछ र यो १०० दिन पनि पुग्न सक्छ । भेम्पायर व्याटले चाहिँ ८ महिनासम्मको समय पनि लगाउँछ ।

 भेम्पायर व्याट । https://image.businessinsider.com

भरखरै जन्मेको बच्चा चमेराको तौल आमाको तौलको १५–३० प्रतिशतसम्म हुन्छ । बच्चा चमेराले माउ चमेराको पेक्टोरल माम्मारी ग्लान्ड (Pectoral mammary glands) बाट दूध खान्छ । सामान्यतः चमेरा जन्मेको तीनहप्तादेखि उड्न थाल्छ । त्यसैताका त्यसको दूधे दाँत झरेर स्थायी दाँत पनि पलाइसकेको हुन्छ ।

मान्छेको हात जस्तै हुन्छ चमेराको पखेटा

चमेराको पखेटा चाहिँ हाम्रो हात जस्तै हुन्छ । र, छाताको करंगमा कपडाहरु टाँसिए झैँ गरी यसका औंलाहरुमा पातलो छाला टाँसिएर पखेटा बनेको हुन्छ । अर्थात्, चमेराका हत्केलाका अन्य औँला हड्डीहरु (finger bones) ले पखेटालाई आड दिएको हुन्छ । चमेराको पखेटाबाट एउटा नंग्रायुक्त औंला बाहिर निस्किएको हुन्छ, जसको मद्दतले चमेराले कुनै पनि चीजबीजलाई पक्रन वा हिँडडुल गर्न सक्छ ।

*******

चमेराको पखेटा चाहिँ हाम्रो हात जस्तै हुन्छ । र, छाताको करंगमा कपडाहरु टाँसिए झैँ गरी यसका औंलाहरुमा पातलो छाला टाँसिएर पखेटा बनेको हुन्छ । अर्थात्, चमेराका हत्केलाका अन्य औँला हड्डीहरु (finger bones) ले पखेटालाई आड दिएको हुन्छ ।

*******

चमेराको खुट्टाको पञ्जामा पनि तीखा नंग्राहरु हुन्छन् । त्यसै गरी, त्यसको पखेटामा पनि एउटा नंग्रा हुन्छ । तिनै नंग्राहरुको मद्दतले यो जमीनमा हिँड्न तथा रुखको हाँगामा झुण्डिन तथा सर्न सक्छ । चमेरा शिकार खोज्न बाहिर नगएको बेला उल्टो झुण्डिएर सुतेर बसिबस्छ ।

https://sweetwaterinn.com

चमेराको पखेटा पातलो झिल्लीयुक्त हुन्छ र यो फैलिएर खुट्टासम्म जोडिएको हुन्छ । मान्छेले प्रयोग गर्ने ग्लाइडरको डिजाइन पनि यस्तै हुन्छ ।

शिकार पक्रनमा पखेटाको प्रयोग

शिकारको पिछा गरिरहेको चमेराले यतिछिटो आफ्नो दिशा बदल्न सक्छ कि, त्यसलाई हाम्रो आँखाले देख्नै भ्याउँदेन । यस कार्यमा यसले अहिलेको उच्च प्रविधियुक्त लडाकु विमानहरुलाई पनि मात खुवाइदिन्छ । तिनीहरुले आफ्नो पखेटालाई उड्न मात्र हैन, हावामा उडिरहेको किरालाई उठाउन समेत उपयोग गर्छ । कपितय चमेरामा त छालाको सानो पुच्छर समेत हुन्छ, जसको उपयोग त्यसले उडेको बेलामा  सन्तुलन कायम गर्नका लागि समेत गर्छ ।

डाउबेन्टन चमेरा https://en.wikipedia.org

चमेराका कतिपय प्रजातिले चाहिँ आफ्नो पखेटालाई अगाडितिर सोतो जस्तो जाल बनाएर शिकारलाई पक्रन्छ । विशेष गरी डाउबेन्टन चमेरा (Daubenton's bat) ले किरालाई नदी वा तालतिर पक्रन यस्तो गर्ने गर्छ । त्यस बाहेक, यसले आफनो खुट्टाको मद्दतले पानीको सतहमा रहेको किरालाई पनि अन्य माछा खाने चराहरुले माछा समातेझै गरी समात्न सक्छ ।

उड्ने फ्याउरो

चमेराको मुख मूसाको जस्तो हुन्छ । तर फलफूलको रस खाने चमेराको टाउको चाहिँ कुकुर वा फ्याउरोको जस्तो हुन्छ । त्यसैले यसलाई उड्ने फ्याउरो पनि भन्ने गरिन्छ ।

सानो जीवको लामो आयु

सानो जीव भएपनि चमेराको आयुचाहिँ तुलनात्मक रुपमा लामै हुन्छ । सामान्यतः चमेराको आयु १० वर्षको हुन्छ । तर सानो–खैरो प्रजातिका चमेरा ३० वर्षसम्म पनि बाँचेको पाइएको छ ।

जाडोबाट बच्न शीतनिद्रा बसाइसराइ

चमेराहरुले विशेष गरी गुफा लगायतका राम्रो घाम नलाग्ने, अलि चीसो स्थानमा बास बनाउने हुनाले तिनीहरु एक आपसमा टाँसिएर बसेका हुन्छन् । जाडो महिनामा चीसोबाट बच्न चमेराहरु एक आपसमा टाँसिएर तथा गुडुल्किएर बस्छन् । केही चमेराहरु त जाडो महिनामा शीतनिद्रामा नै रहन्छन् । त्यस अवस्थामा तिनीहरुले यति सुस्त गतिमा स्वास फेरिरहेका हुन्छन् कि हामीलाई त्यो मरिसकेको छ भन्ने भ्रम हुन्छ । तर जब गर्मी महिना लाग्छ, तिनीहरु शीतल होस् भन्नाका लागि एक आपसबाट अलग हुन्छन् ।

*******

चमेराहरुले विशेष गरी गुफा लगायतका राम्रो घाम नलाग्ने, अलि चीसो स्थानमा बास बनाउने हुनाले तिनीहरु एक आपसमा टाँसिएर बसेका हुन्छन् । जाडो महिनामा चीसोबाट बच्न चमेराहरु एक आपसमा टाँसिएर तथा गुडुल्किएर बस्छन् ।

*******

गरम ठाउँका चमेराका केही प्रजातिहरु जाडो महिना लागेपछि चिसोबाट बच्न बसाइँसराइ गर्छन् । बसाइसराइ गर्ने क्रममा चमेराको समूहले १६०० किलोमिटरसम्मको दूरी पनि लगातार उड्ने गरेको पाइएको छ ।

चमेराका शत्रुहरु हैन,मान्छेका मित्र हुन्

चमेरालाई अधिकांश मान्छेहरुले शत्रु नै ठान्छन् । यसरी यसलाई शत्रु ठान्नुको प्रमुख कारणमा अन्धविश्वास बाहेक एउटा प्रमुख कारण यसले रेविज रोग सार्छ भन्ने डर पनि हो । तर विशेष परिस्थितिमा बाहेक, चमेराले मान्छेलाई कहिल्यै पनि आक्रमण गरिहाल्दैन । अहिलेसम्मको थाहा भए अनुसार, चमेराबाटै मान्छेमा रेविज रोग सरेको घटनाहरु नगण्य छन् । त्यसैकारण, चमेरालाई शत्रु ठान्नु उचित ठहर्दैन ।

बरु चमेराले अन्नबालीहरु नष्ट गर्ने थुप्रै हानीकारक किरा फट्यांग्राहरुलाई खाइदिएर मान्छेलाई ठूलो मद्दत गरिरहेको हुन्छ । त्यसबाहेक, यसले किरा फट्यांग्राहरुलाई खाइदिएर वातावरणीय सन्तुलन कायम राख्न पनि ठूलो भूमिका खेलिरहेको हुन्छ । त्यसैले साँचो अर्थमा भन्ने हो भने, चमेरा मान्छेको शत्रु हैन, मित्रु हो ।

*******

चमेराले अन्नबालीहरु नष्ट गर्ने थुप्रै हानीकारक किरा फट्यांग्राहरुलाई खाइदिएर मान्छेलाई ठूलो मद्दत गरिरहेको हुन्छ । त्यसबाहेक, यसले किरा फट्यांग्राहरुलाई खाइदिएर वातावरणीय सन्तुलन कायम राख्न पनि ठूलो भूमिका खेलिरहेको हुन्छ । त्यसैले साँचो अर्थमा भन्ने हो भने, चमेरा मान्छेको शत्रु हैन, मित्रु हो ।

*******

यसरी मान्छेको मित्र चमेराका शत्रुहरु भने थुप्रै छन् । बाज, उल्लू, मूसा, फ्याउरो, साँप आदि जनावरहरुले चमेरालाई आहारा बनाउँछ । अझ अफ्रिका र न्यूगिनीमा त चमेरा मात्रै खाएर बस्ने बाज पनि पाइन्छ । मांसाहारी चमेराले पनि अन्य प्रजातिका चमेराहरुलाई खाने गरेको पाइन्छ ।

रहस्यमय बनाइएको प्राणी चमेरा

विभिन्न मुलुकका पौराणिक कथाहरुमा एउटा रहस्यमय प्राणीको कल्पना गरिएको छ, जुन प्राणी रातको समयमा मात्र क्रियाशील हुन्छ र मान्छेको रगतको खोजीमा हिँड्छ । त्यसले विशेष गरी, चमेराको रुप धारण गर्छ र राति सुतिरहेको मान्छेको रगत चुस्छ । त्यसले रगत चुसेपछि त्यो मान्छे कि त मर्छ, कि त त्यो पनि त्यसरी नै रगत चुस्ने प्राणी बन्न पुग्छ ।

https://witchesbrewtours.com

एकातिर, लोकविश्वासमा चमेरालाई अत्यन्तै रहस्यमय र खतरनाक प्राणीको रुपमा लिने गरिएको पाइन्छ भने अर्कोतिर विभिन्न रहस्य कथाहरु तथा फिल्महरुले पनि चमेरालाई रहस्यमय बनाउन अत्यन्तै ठूलो भूमिका खेलेका छन् । त्यस्ता फिल्म तथा पुस्तकका चमेरा भनेको पिशाचसँग सम्बन्धित प्राणी हो भनी देखाइएबाट मान्छेहरुले चमेराबारे अत्यन्तै नकारात्मक धारणा पाल्ने गरेका छन् । यसरी चमेरालाई रहस्यमय प्राणी बनाइदिने त्यस्तै एउटा पुस्तकको नाम हो– ड्रयाकुला ।

ड्रयाकूला त्यस्तो विषय हो, जुन प्रायः सबै भूतप्रेतका फिल्महरुमा प्रमुख पात्रको रुपमा रहने गरेको छ । यो काल्पनिक पात्रको रचना आयरल्याण्डका रहस्य–कथा लेखक ब्राम स्टोकर (१८४७–१९१२)  ले आफ्नो पुस्तक ‘ड्रयाकुला’ मा गरेका छन् । उक्त पुस्तकका अनुसार, अहिले रोमानियामा पर्ने ट्रान्सिलवेनियाका शासक अत्यन्तै दुराचारी रहेका र उनी आफूलाई चमेरामा बदलेर मान्छेको रगत चुस्ने गरेको चित्रित गरिएको छ ।

*******

ट्रान्सिलवेनियाका ब्लाड नाम गरेका शासक अत्यन्तै अत्याचारी थिए । उनी दुश्मन खेमाका सैनिकहरुलाई मार्न अत्यन्तै आनन्दित मान्थे । यतिसम्म कि, उनी दुश्मन सैनिकहरुलाई अत्यन्तै घाइते बनाउन लगाएर उनीहरुलाई त्यसै तड्पीतड्पी मर्नका लागि छाडिदिन्थे ।

*******

भनिन्छ, ट्रान्सिलवेनियाका ब्लाड नाम गरेका शासक अत्यन्तै अत्याचारी थिए । उनी दुश्मन खेमाका सैनिकहरुलाई मार्न अत्यन्तै आनन्दित मान्थे । यतिसम्म कि, उनी दुश्मन सैनिकहरुलाई अत्यन्तै घाइते बनाउन लगाएर उनीहरुलाई त्यसै तड्पीतड्पी मर्नका लागि छाडिदिन्थे । उनको यही हिंस्रक र अमानवीय चरित्रलाई चित्रण गर्दै स्टोकरले उक्त पुस्तक लेखका हुन् भनिन्छ ।

कसरी पत्ता लगाउँछ चमेराले आफ्नो शिकार?

https://i.ytimg.com

अधिकांश चमेराहरु रात्रिचर हुन्छन् । अर्थात् यी चमेराहरु रातिको समयमा मात्र शिकार गर्न निस्कन्छन् । यस्तो अवस्थामा स्वाभाविक रुपमा प्रश्न उठ्छ– रातको अन्धकारमा पनि चमेराले कसरी आफ्नो शिकार ठम्याएर समात्छ होला ?

चमेराले आफ्नो शिकारलाई पत्ता लगाउनका लागि एक विशेष किसिमको प्राकृतिक विधि उपयोगमा ल्याउँछ, जसलाई प्रति–ध्वनि ठम्याइ ९भ्अजययिअबतष्यल० भनिन्छ । इको–लोकिशनको अर्थ कुनै पनि बस्तुको प्रतिध्वनि सुनेर त्यो वस्तु कहाँ छ भनेर थाहा पाउनु हो । साना वर्गभित्र पर्ने सबै चमेराहरु, अझ विशेष गरी कीरा फट्यांग्राहरुले यही इकोलोकेशनको प्रयोग गर्छ ।

शिकारको खोजीमा उड्दा चमेराले हावामा उच्च आवृत्तिमा आवाज पैदा गर्छ । चमेराले निकाल्ने यो आवाजलाई मान्छेको कानले सुन्नै सक्दैन । त्यो आवाज वरिपरिको हावामा फैलिन्छ र वरिपरिका वस्तुहरुमा ठोक्किएर प्रतिध्वनि पैदा हुन्छ । त्यसरी फैलिएको त्यही प्रतिध्वनिलाई चमेराको अति संवेदनशील कान र नाकहरुले ग्रहण गर्छ । चमेराको मस्तिष्कका विभिन्न प्रकारका थाहा पाउने स्नायुहरुले त्यही प्रतिध्वनिलाई विश्लेषण गरेर त्यहाँ आफ्नो कुनै शिकार रहे, नरहेको विश्लेषण गर्छ । यदि त्यहाँ वरिपरि शिकार छ भने, त्यो शिकार कुन दिशामा छ, कति टाढा छ र त्यो कस्तो खालको हो भन्ने समेत पत्ता लगाई त्यसको सुस्पष्ट खाका समेत चमेराको मस्तिष्कको स्नायुहरुले तयार गर्छ । यही सूचना एवं विश्लेषणहरुका खाकाको आधारमा चमेराका मस्तिष्कले चमेरालाई शिकारतर्फ दिशा निर्देश गर्छ ।

*******

यो ‘प्रतिध्वनि ठम्याइ’ विधि यति सटीक हुन्छ कि, यसले मान्छेको रौजत्रो चीज पनि कहाँ छ भनेर थाहा पाउन सक्छ । यही विधिको प्रयोग गरेर सबै साना वर्गका चमेराहरुले केही कुरा देख्नै नसकिने अँध्यारो स्थानमा पनि आफ्नो शिकार कहाँ छ भनेर पत्ता लगाउँछन् र त्यसलाई समात्न सफल हुन्छ ।

*******

यसरी, यो ‘प्रतिध्वनि ठम्याइ’ विधि यति सटीक हुन्छ कि, यसले मान्छेको रौजत्रो चीज पनि कहाँ छ भनेर थाहा पाउन सक्छ । यही विधिको प्रयोग गरेर सबै साना वर्गका चमेराहरुले केही कुरा देख्नै नसकिने अँध्यारो स्थानमा पनि आफ्नो शिकार कहाँ छ भनेर पत्ता लगाउँछन् र त्यसलाई समात्न सफल हुन्छ ।

चमेराले शिकारको खोजीमा निस्कँदा कुन अंगबाट त्यस्तो उच्च आवृत्तिको आवाज निकाल्छ भन्ने कुरा यसका प्रजातिमा भर पर्दछ । अधिकांश चमेराहरुले सोझै स्वरयन्त्र हुने घाँटीमाथिको बाकसजस्तो अंग (Larynx) बाट आवाज निकाल्छ भने कतिपय प्रजातिका चमेराहरुले चाहिँ मुख वा नाकबाट पनि आवाज निकाल्दछन् ।

तर ठूला वर्गका चमेराहरुले शिकार पक्रने तरीका भने यसको ठीक उल्टो हुन्छ । यस्ता चमेराहरुले शिकार पक्रँदा सुन्ने विधिको सट्टा सोझै दृष्टिको प्रयोग गर्छ । ठूला वर्गभित्र पर्ने एउटा मात्रै प्रजातिको चमेराले मात्रै प्रतिध्वनि ठम्याइ विधिको प्रयोग गर्ने गरेको पाइएको छ । त्यो पनि यसले यो विधिको प्रयोग रातिको समयमा शिकार गर्न निक्लँदा मात्रै प्रयोग गर्ने गर्छ । यसरी ठूला वर्गका चमेराहरुले शिकार पक्रन दृष्टिको प्रयोग गर्ने हुनाले यसको आँखा साना वर्गका चमेराहरुको भन्दा अलि ठूला पनि हुन्छन् ।

अधिकांश मान्छेहरुमा के भ्रम रहेको पाइन्छ भने, चमेरा अन्धा हुन्छन् । तर वास्तवमा चमेरा अन्धा हुँदैनन् । यहाँसम्म कि, साना वर्गभित्र पर्ने चमेराले शिकारको खोजी गर्दा कहिलेकाहीँ अँध्यारो रातमा पनि दृष्टिको समेत प्रयोग गर्ने गर्छ । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...