बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आजको सम्पादकीय : भूमि र छिमेकी,  उपनिर्वाचनको रन्को, निर्यात व्यापारको अस्वाभाविक परिदृश्य, सुरुङभित्र श्वास

शुक्रबार, २२ कात्तिक २०७६, ०७ : ०९
शुक्रबार, २२ कात्तिक २०७६

आज प्रकाशित विभिन्न राष्ट्रिय दैनिकले नेपालको कालापानी क्षेत्र भारत सरकारले आइतबार प्रकाशित गरेको उसको नयाँ राजनीतिक नक्सामा समेटेको भन्दै कूनीतिक समाधानमा जोड दिएका छन् भने उपनिर्वाचन र श्रम सम्झौता र व्यापार घाटाका विषयमा सम्पादकीय लेखेका छन् । 

नेपालको कालापानी क्षेत्र भारत सरकारले आइतबार प्रकाशित गरेको उसको नयाँ राजनीतिक नक्सामा समेटिएको देखिएपछि उत्पन्न अवस्थाका विषयमा आजको गोरखापत्र दैनिकले ¬‘कूटनीतिक समाधान’ शीर्षकमा आजको सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ –कालापानी र लिपुलेक नेपाली भूमि हुन् यसमा सबै नेपाली स्पष्ट छन् भने भारतीय पक्षले प्राविधिक रुपमा ती क्षेत्रलाई उसको नक्सामा समेटेकाले भारत सच्चिनुपर्छ ।

नागरिक दैनिकले नेपाल राज्यका अभिच्छिन्न भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई भारतले आफ्नो नक्सामा राखेपछि सर्वसाधारण नेपाली उद्वेलित भएको बताएको छ । ‘सीमाबारे संवाद’ शीर्षकको सम्पादकीयमा भनिएको छ–भारतको तुलनामा नेपाल सानो होला तर सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन । आफ्नो भूभागप्रतिको नेपाली संवेदनशीलतालाई नेपाल सरकारले अवश्य बुझेको छ । भारतलाई त्यसबारे बुझाउने कूटनीतिक पलका लागि नेपाल सरकार तत्पर हुनुपर्छ ।

आजको नयाँ पत्रिका दैनिकले ‘उपनिर्वाचनको रन्को’ शीर्षकमा सम्पादकीय लेख्दै जनमतसंग्रहको रुपमा देखिएको निर्वाचनलाई निष्पक्ष बनाउन विशेष जोड दिएको छ । सम्पादकीयमा ससानो जनमतसंग्रह मानिने उपनिर्वाचनमा आफ्नो पक्षमा परिणाम ल्याउन नसके सरकार कमजोर हुनेछ भने प्रतिपक्षले आफ्नो पक्षमा परिणाम ल्याउन नसके आगामी निर्वाचनमा जनतालाई आकर्षित गर्ने एउटा नारा गुमाउनेछ ।

नेपाल–भारत सम्बन्धको उचाइमा ७१ स्थानमा पहिरो गएको औंल्याउँदै आजको नेपाल समाचारपत्र दैनिकले ‘भूमि र छिमेकी’ शीर्षकमा आजको सम्पादकीय लेखेको छ । सम्पादकीयमा उसले बहुआयामिक सम्बन्ध रहेको भारतसँग गरिने व्यवहार संयम, गम्भीर र प्रमाणिक हुनुपर्नेमा जोड दिँदै भूमी र छिमेकी दुवैको रक्षा गर्नपर्ने बताइएको छ ।

नेपाली कामदारले अरु विदेशीसरह समान हैसियत र सेवासुविधा पाउने गरी नेपाल र संयुक्त अरब इमिरेट्स(युएयी)बीच गत जेठमा सम्पन्न समझदारीको कार्यान्वयनको विषयमा आजको कान्तिपुर दैनिकले सम्पादकीय लेखेको छ । ‘श्रम समझदारी परिपालनका सर्त’ शीर्षकमा लेखिएको सम्पादकीयमा समझदारी कार्यान्वयनका लागि नेपाली पक्षले निरन्तर अग्रसरता देखाउनुपर्छ भनिएको छ ।

त्यस्तै यही साता बझाङमा निर्माणाधीन माथिल्लो कलंगागाड जलविद्युत्को सुरुङ मार्ग छिर्नेक्रममा चार नेपालीको मृत्यु भएको विषयमा आजको अन्नपूर्ण पोष्ट्ले सम्पादकीय लेखेको छ । ‘सुरुङभित्र श्वास’ शीर्षकमा मजदुरलाई उचित क्षतिपूर्ति र ती मजदुरको परिवारको भरणपोषणको पनि जिम्मा प्रवद्र्धक कम्पनीले लिने अवस्थाको सिर्जना गर्न सरकारले भूमिका खेल्नुपर्नेमा जोड दिइएको छ ।

आर्थिक क्षेत्रलाई केन्द्रित गरेर प्रकाशित हुने आर्थिक अभियानले ‘टालटुले सुधार’ शीर्षकमा नेपाल वायु सेवा निवगमले खर्च कटौति गर्ने योजनाको विषयमा सम्पादकीय लेखेको छ । सम्पादीकयमा निगमको व्यवस्थालन चुस्त हुनुपर्नेमा जोड दिँदै पुराना रोगबाट निगम मुक्त हुनुपर्ने उल्लेख गरिएको छ ।

त्यस्तै अर्को आर्थिक क्षेत्रको अर्को दैनिक कारोबारले ‘निर्यात व्यापारको अस्वाभाविक परिदृश्य’ शीषकमा आजको सम्पमादकीय छापेको छ । सम्पादकीयमा भनिएको छ –निर्यात बढेको, आयातमा कमी आएको र व्यापारघाटा सुधारको दिशामा अघि बढिरहँदा पनि अर्थतन्त्र सही बाटोमा छ भन्ने अवस्था भने देखिँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप