काठमाडौं उपत्यकाको १४ ठाउँमा प्राकृतिक ग्याँस अन्वेषण गर्ने सरकारको तयारी
![काठमाडौं उपत्यकाको १४ ठाउँमा प्राकृतिक ग्याँस अन्वेषण गर्ने सरकारको तयारी](https://rpcdn.ratopati.com/media/albums/petrolium_mine1045-640x328_COWhOUzzJG.jpg)
खानी तथा भूगर्भ विभागले २६ वर्षपछि पुनः काठमाडौंमा प्राकृतिक ग्याँस अन्वेषण गर्ने भएको छ । विभागले टेकुको दोभानमा प्राकृतिक ग्याँस अन्वेषण गर्ने तयारी गरेको हो । अन्वेषणका लागि विभागले ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिसकेकोे छ ।
एक अध्ययनअनुसार उपत्यकामा ५० हजार परिवारलाई २० वर्षसम्म खाना पकाउन पुग्ने प्राकृतिक ग्याँस रहेको छ ।
विभागका प्राकृतिक ग्याँस तथा कोइला शाखा प्रमुख पृथ्वीलाल श्रेष्ठका अनुसार अन्वेषणका लागि टेन्डर प्रक्रियामा जाने अन्तिम तयारी भइरहेको छ । अन्वेषणका क्रममा जमिनको सतहमुनि रहेको पानीमा ग्याँसको अनुपात कति छ भन्ने पत्ता लगाइनेछ ।
विभागले यसअघि पनि मिथेन ग्याँस अन्वेषण गरिसकेको छ । अहिले अन्वेषण गर्न लागेको पुरानै क्षेत्रभित्र भए पनि स्थान भने फरक हुनेछ । यसअघि विभागले काठमाडौं उपत्यकाको १४ ठाउँमा अध्ययन गरिसकेको छ । अब गर्न लागेको अन्वेषण १५औं हो । यो समाचार आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन विनाकुनै शंका वार्तामा आउने रुसी दावीविरुद्ध जेलेन्स्कीको कडा प्रतिक्रिया, रिसाए नेटो महासचिव
-
वित्त आयोगको कार्यसम्पादनमा सूर्योदय नगरपालिका देशभरमै दोस्रो
-
विदेश भ्रमणमै रहेका बेला फेरि श्रममन्त्री भण्डारीको पद धरापमा !
-
१२ बजे, १२ समाचार : भूमिसम्बन्धी अध्यादेशले सरकार नैतिक संकटमादेखि ड्युटीमा रहेका प्रहरी कुट्ने अखिल नेता जोशी पक्राउसम्म
-
माओवादी र एकीकृत समाजवादीबिच पार्टी एकता हुन्छ : वर्षमान पुन
-
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै