केन्द्रीय संस्करण
समाचार

पूर्वअर्थ सहायकमन्त्री तथा चर्चित व्यापारी रुपज्योति विमानस्थलबाट पक्राउ

person explore access_timeकात्तिक २१, २०७६ chat_bubble_outline0

काठमाडौँ । चर्चित व्यापारी तथा पूर्वअर्थ सहायक मन्त्री रुपज्योतिलाई प्रहरीले पक्राउ गरेको छ । 

ठगी आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौँले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । काठमाडौं प्रहरी प्रवक्ता होविन्द्र बोगटीले रुपज्योति पक्राउ गरेको पुष्टि गरेका छन् । 

 हाउजिङका नाममा विभिन्न व्यक्तिसँग करोडौँ ठगी गरेको आरोप उनीमाथि छ ।

केही अघि ठगी मुद्दामा रूपज्योतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको थियो । तर, लगत्तै सो आदेश कार्यान्वयन नगर्न माग गर्दै रूपज्योतिका तर्फबाट सर्वोच्चमा दायर भएको निषेधाज्ञासम्बन्धी रिट सर्वोच्चले खारेज गरिदिएको उनलाई पक्राउ गर्न बाटो खुलेको थियो । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले रूपज्योतिको निषेधाज्ञासम्बन्धी रिट खारेज गरिदिएको थियो । 

प्रहरी स्रोतका अनुसार विदेशमा रहेका उनी स्वदेश फर्किन लागेको सूचनाका आधारमा विमानस्थलबाटै पक्राउ गरिएको हो।  

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...