केन्द्रीय संस्करण

रौतहट प्रहरीद्वारा चरेससहित एकजना पक्राउ

person explore access_timeकात्तिक २१, २०७६ chat_bubble_outline0

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटको अपराध अनुन्धान टोलीले एक जनालाई चरेससहित पक्राउ गरेको छ । राजपुर  नगरपालिका – ७ का लालबाबु भन्ने शेख एकवाल अहमदलाई २ सय १०ग्राम लागुऔषध चरेससहित पक्राउ गरिएकोे जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीले बताए ।

अहमदमाथि लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताए । बुधवार साँझ गौर चन्द्रपुर सडकखण्ड अन्तरगत झुन्खुनवाचौकबाट राति साढे ९ बजे गौरतर्फ गइरहेको अवस्थामा प्रहरीले चेकजाँच गर्दा अहमदको ज्याकेटको खल्तीबाट उक्त चरेस बरामद  गरेको थियो ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...