शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शहीद परिवारलाई रु पाँच लाख दिइने

बिहीबार, २१ कात्तिक २०७६, २१ : १९
बिहीबार, २१ कात्तिक २०७६

 विराटनगर – प्रदेश नं १ सरकारले छिन्ताङ घटनाका १६ शहीद परिवारलाई प्रतिपरिवारलाई रु पाँच लाख प्रदान गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले २०३६ सालमा भएको हत्याकाण्डमा मारिएका परिवारलाई राहतस्वरुप सो रकम प्रदान गर्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रव सुवेदीले जानकारी दिए ।

यसैगरी, बैठकले झापा, मोरङ, पाँचथर, धनकुुटा, ओखलढुङ्गा र उदयपुरमा प्रदेश लेखा नियन्त्रण कार्यालयअन्तर्गत रहने गरी प्रदेश लेखा एकाइ स्थापना गर्ने निर्णय भएको छ भने धरानमा स्थापित वन निर्देशनालयमा दशौँ तहका रवीन्द्र महर्जनलाई कायममुकायम जिम्मेवारी दिने निर्णय भएको सल्लाहकार सुवेदीले बताए ।

कात्तिक २९ गते सुनसरीको धरानमा हुने अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भव्यरुपमा सफल बनाउने पनि निर्णय भएको सल्लाहकार सुवेदीले बताए । साथै भर्खरै पदमुक्त हुनुभएको प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङलाई धन्यवाद दिने निर्णय भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप