बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

तिनाउमा सत्यवती मेला भर्न सार्वजनिक बिदा

बिहीबार, २१ कात्तिक २०७६, २० : २१
बिहीबार, २१ कात्तिक २०७६

पाल्पा – पाल्पाको तिनाउ गाउँपालिकाले कात्तिक २६ गतेका लागि  सार्वजनिक बिदा घोषणा गरेको छ । तिनाउ गाउँपालिकाको महत्वपूर्ण सत्यवती मेलालाई लक्षित गरी बिदा घोषणा गरेको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती मगरले जानकारी दिए ।

तिनाउ गाउँपालिका–४ सत्यवती ताल क्षेत्रमा रहेको बहिरी बजैसँग चिच्याएर बर माग्ने चलन रहेको छ । कात्तिक २४ गतेदेखि २६ गतेसम्म सत्यवती ताल क्षेत्रमा कानले नसुन्ने बजैसँग बर माग्नका लागि धार्मिक मेला हुन भएको  गाउँपालिका अध्यक्ष घर्तीले जानकारी दिए ।

२६ गते कात्तिक पूर्णिमा कात्तिक महिनानै परेको योग परेको भन्दै भक्तजनको विशेष आकर्षण हुने स्थानीय बासिन्दाको दाबी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप