बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतले जारी गरेको नक्साप्रति नेविसंघको विरोध प्रदर्शन

बिहीबार, २१ कात्तिक २०७६, १९ : ३९
बिहीबार, २१ कात्तिक २०७६

काठमाडौं – नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकामा आपत्ति जनाउँदै विरोध प्रदर्शन गरेको छ । 

नेविसंघले भारत सरकारले भर्खरै जारी गरेको नक्सामा नेपाली भू–भाग कालापानी र लिपुलेकलाई भारतको नक्सामा समावेश गरेको भन्दै विरोध गरेको हो ।  नेविसंघका पूर्व केन्द्रीय सदस्य सुमन पाण्डेको नेतृत्वकमा विश्व भाषा क्याम्पस अगाडि विरोध प्रदर्शन गरिएको हो । 

विरोध प्रदर्शनमा पाण्डेले भारत सरकारले मिचेको नक्साप्रति नेपाल सरकारले कूटनीतिक तवरले समस्याको समाधान गर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप