‘बलियो नेपाल’ बनाउन निजी क्षेत्रले गरे यस्तो प्रतिवद्धता
काठमाडौं- कुपोषण विरुद्धको चौतर्फि साझा लडाईंमा निजी क्षेत्रले पहिलो कदम चालेको छ । कुपोषणलाई न्यून गर्ने बलियो नेपालको प्रयासमा उनीहरुको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बलियो नेपालको नवीन सोच, बहु विविध क्षेत्रहरुमा निर्भर रहको समग्र नेपाली समाजलाई एकसाथमा ल्याउने गैर–पारम्परिक उद्देश्यको कारणमा सघाउँदै र आज व्यवसायीहरुको पहिलो समुहले यस अभियानमा आफ्नो संलग्नता जनाउने छन् । कार्यक्रममा खाद्य सम्बद्ध र खाद्य असम्बद्ध कम्पनीहरु दुवैले अभियान प्रति प्रतिबद्धता व्यक्त गरेका छन् ।
बलियो नेपालसँग आबद्धता जनाउने निजी क्षेत्रका पहिलो साझेदारहरुमा प्रमुख खाद्य निर्माताहरु, सेवा क्षेत्रका कम्पनीहरु र उत्पादकहरु समाविष्ट छन् । मेगा बैंक, निम्बस होल्डिङ्गस्, ठमेल रेमिट, र त्रिवेणी इन्जिनियरिङ जस्ता विविध क्षेत्रका व्यवसायीहरुले लुकेको भोक विरुद्धको अभियानमा समर्थन गर्ने कटिबद्धता व्यक्त गर्दै राष्ट्र सम्पन्न बनाउन यो पहलकदमीले सहयोग गर्ने भएकोले यसमा सहभागी हुन आफूहरुको रुची रहेको समेत पुष्टि गरेका छन् ।
अन्नपूर्ण होटलमा आयोजित उक्त समारोहको दौरान बलियो नेपालका अध्यक्ष डा.स्वर्णिम वाग्लेले कुपोषण विरुद्धको लडाईंमा यो समझदारी पत्र एउटा कोसेढुँगा पाइला भएकोमा जोड दिए ।
बिएलसी र के एल दुगड ग्रुपले संयुक्त रुपमा बलियो नेपालसँग मिलेर ६ महिनादेखि २४ महिनासम्मका शिशुहरुका लागि लिटो शुरुवात् गर्नेछ, जसबाट उनीहरुले पर्याप्त पौष्टिक आहार प्राप्त गर्नेछन् । अविनाश फार्मस् र श्रीनगर एग्रो फार्मले यो साझेदारीको साथ उनीहरुद्वारा उत्पादित अण्डा नेपालभर व्यापक रुपमा उपलब्ध गराउनेछन् । अन्य व्यवसायीहरुले यो बलियो नेपाल पोषण प्रवद्र्धन कार्यक्रमहरुलाई प्रत्यक्ष रुपमा सहयोग गर्र्नेे प्रतिबद्धता व्यक्त गरेका छन् ।
नबिल बैंकका सिइओ र बलियो नेपाल संचालक सदस्य अनिल शाहले सो अवसरमा हामी नेपाली व्यवसायहरुको भोकको चाहनाद्वारा आल्हादित भएको र अर्को पुस्तालाई सम्भव भएसम्मको उत्कृष्ट भविष्य दिनलाई हाम्रो सपना साझा गरेको बताए । उनले हाम्रो भविष्य कस्तो हुने थियो होला यदि प्रत्येक बच्चा सगरमाथा जत्ति कै बलियो भैदिएको भए ? भनेर प्रति प्रश्न पनि गरे ।
झण्डै एक दर्जन कम्पनीहरुले कार्यक्रममा सहभागीता जनाएका छन् र बलियो नेपालसँग हरेकले बेग्ला बेग्लै समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । यसरी हस्ताक्षर गर्नेमाः अविनाश फार्मस्, भुरामल लुनकरणदास कँग्लोमेरेट(बिएलसी), हिमालयन बैंक लिमिटेड, के.एल.दुगड ग्रुप, मेगा बैंक नेपाल लिमिटेड, नबिल बैंक लिमिटेड, निम्बस होल्डिङ्स, क्युएफएक्स (टिम क्वेस्ट), श्रीनगर एग्रोफार्म, अविनाश फार्मस्, ठमेल रेमिट, र त्रिवेणी ग्रुप रहेका छन् ।