शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेइजिङमा अफगान सरकार र तालिवानबीच वार्ता हुँदै, तोकिए प्रतिनिधिहरु

बिहीबार, २१ कात्तिक २०७६, १८ : ५९
बिहीबार, २१ कात्तिक २०७६

काबुल– चीनमा हुने अफगान सरकार र तालिवान विद्रोहीहरुबीचको शान्ति प्रक्रियाका लागि अफगानिस्तानको सरकारको तर्फबाट सहभागी हुने प्रतिनिधिहरूको अन्तिम सूची बिहीबार टुङ्गो लगाएको छ । 

विद्रोही तालिवान समूहको तर्फबाट उक्त समूहका वरिष्ठ नेता मुल्लाह अब्दुल घानीले सहभागिता जनाउने घोषणा भैसकेको छ । यद्यपि, वार्ताको मिति भने अझै तय गरिएको छैन ।

राष्ट्रपतिका प्रवक्ता सेदिक सिद्दकीले भने, ‘गत सोमबार राष्ट्रपति असरफ घानी र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोनमा भएको कुराकानीमा तालिवान समूहसँग अफगानिस्तानको शान्तिवार्ताका लागि बेइजिङमा विद्रोही समूहसँग वार्ता गर्न सहमति जनाउनुभएको थियो ।’

‘यो बेइजिङ बैठकले तालिवान र अफगानी सरकारबीच वार्ताको बाटो तय गर्नेछ,’ राष्ट्रपतिका प्रवक्ता  सिद्दिकीलाई उद्धृत गर्दै तोलो न्यूजले लेखेको छ । वार्ताको मिति चीनले घोषणा गर्नेछ । अफगान सरकारले छिट्टै सरकारको तर्फबाट वार्तामा सहभागी हुने टोलीको नाम चीन सरकारसमक्ष उपलब्ध गराउनेछ ।

चीनको मध्यस्थतामा अफगानिस्तानको शान्तिका लागि यस पहिले अक्टोबर २९ र ३० का लागि वार्ता गर्नेगरी तयारी भएकोमा काबुलको अनुरोधमा यसलाई सारिएको थियो । यद्यपि, मिति सार्नुपर्ने कारण भने काबुलले जनाएको थिएन ।

अमेरिका र तालिवान समूहबीच नौ चरणमा भएका वार्ता  गत सेप्टेम्बर २ मा कतारको राजधानी दोहामा सम्पन्न भएको थियो । जसमा अमेरिका र अफगानी तालिवान समूहबीच शान्तिका लागि सैद्धान्तिक सहमति भएको जनाइएको थियो । 

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक ट्वीटमार्फत् अफगानी राष्ट्रपतिसहित तालिवान समूहका नेताहरूसँग वासिङ्टनको उत्तरपूर्वमा रहेको क्याम्प ड्याभिड गर्ने भनेको वार्ता स्थगित भएको जानकारी गराएपछि अफगानी विद्रोहीसँगको वार्ता रोकिएको थियो । –एएनआई/Photo: www.thenational.ae

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप