५१ वटा प्रश्नमा आलमको इन्कारी बयान, सुरु भयो थुनछेक बहस

रौतहट । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका निलम्बित सांसद् मोहम्मद अफताव आलमविरुद्ध लागेका तीन वटा मुद्दामा बिहीवार अपरान्हदेखि थुनछेक बहस सुरु भएको छ ।
बिहीवार दिउँसो जिल्ला न्यायाधीश दीपक ढकालको इजलास नम्बर ४ मा आलमको बयान सकिएपछि थुनछेक बहस सुरु भएको हो ।
पीडितका तर्फबाट न्यायधीवक्ता खडिन्द्रराज कटुवाल,अर्जुन कोइराला र सूर्यराज दाहालले जिकिर तथा बहस गर्दै जन्मकैदको माग गरेका थिए ।
त्यसअघि न्यायधीश ढकालले आलमसँग पछिल्लो तीन दिनमा ५१ वटा प्रश्न गरेका थिए । ती प्रश्नमा उनले इन्कारी बयान दिएका थिएका छन् ।
२०६४ चैत्र २७ गते भएको बम बिस्फोटको घटनाको मुद्दा नचल्ने तत्कालीन सरकारी वकिलले सुझाव दिएका थिए ? भन्ने प्रश्नमा आलमले ‘हो मुद्दा नचल्ने सिफरिस भएको’ भनी बयान दिएको जिल्ला न्यायधिवक्ता खडिन्द्रराज कटुवालले जानकारी दिए ।
बिहीबार सकिएको थुनछेक बहस शुक्रबार १०ः३० बजेदेखि हुने जनाइएको छ । बहसमा पीडितका तर्फबाट अधिवक्ता डा.युवराज संग्रौला, वरिष्ठ अधिवक्ता पुष्पराज पौडेल, आशिकराम कार्की, गोविन्द शर्मा बन्दी, ओमप्रकाश अर्याल, दिनेश त्रिपाठी र डा.कुमार शर्मा आचार्यले बहस गर्नेछन् ।
त्यसैगरी प्रतिवादी आलमको पक्षबाट वरिष्ठ अधिवक्ता शेर बहादुर केसी, योगेन्द्र अधिकारी, सुनिल पोखरेल, कृष्ण घिमिरे, शम्भु थापा लगायतले बहस गर्ने बताइएको छ । उनीहरु रौतहट आइसकेको पनि अदालत स्रोतले जनाएको छ ।
२०६४ चैत्र २७ गते राजपुर फरहदवामा संबिधानसभाको पुर्वसंध्यामा बुथ क्यापचर गर्ने मनसायले आलम पक्षका मानिसहरु बम बनाईरहेको क्रममा बिस्फो भएको थियो ।
विस्फोटमा परेर स्थानीय ओसी अख्तर, पिन्टु सिंह भनिने त्रिलोकप्रताप सिंहलगायत दर्जन बढी मानिस घाइते र केहीको मृत्युसमेत भएको थियो ।
घटनालगत्तै प्रमाण नस्ट गर्ने मनसायले आलमको इशारामा मृतकका साथै घाइते सबैलाई नसालु सुई लगाएर बोरामा राखी ट्याक्टरमार्फत गाँउनजिकैको इटाभट्टामा जिउँदै जलाएर हत्या गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।
सोही मुद्दामा सर्वोच अदालतको आदेशमा गत असोज २६ गते प्रहरी प्रधान कार्यालय र जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले आलमलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको हो ।
आलमविरुद्ध कर्तव्यज्यान मुद्दामा २० वर्ष, ज्यान मार्ने उद्योगमा १० वर्ष तथा बिष्फेष्ट पदार्थ ओसारपसार तथा भण्डारण मुद्दामा २ वर्ष गरी ३२ वर्ष कैदसजायको माग गरिएको छ ।
आलमविरुद्ध मुद्धा दर्ता भएदेखि रौतहट सदरमुकाम गौरमा वीरगन्ज, हेटौँडा र काठमाडौँका वकीलहरुको चहलपहल बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा रिसाएका नारायणकाजीले चितवन पुगेर मागे माफी
-
क्रान्तिकारी कम्युनिस्ट पार्टीको बैठकमा ५ विषयमा छलफल: ट्रम्पको प्रशंसा, ओलीको आलोचना
-
किट विश्वविद्यालय फर्किन मानेनन् नेपाली विद्यार्थी, विकल्प खोज्दै सरकार
-
पूर्वबाट रातो सूर्य उदाउँदै छ, यसले देशव्यापी ऊर्जा दिने छ : प्रचण्ड
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा उत्कृष्ट खेल पस्कने दुवै टोलीका प्रशिक्षक र कप्तानको दाबी
-
प्रेम विवाहको विवाद झडपमा परिणत, प्रहरीको गाडी जलाइयो